6 years ago
May 31, 2020
एजेन्सी – इर्लिङ हालान्ड अहिले विश्व फुटबलका सबै भन्दा बढी चर्चामा रहेका फरवार्ड हुन् । तीनै नर्वेजियन फरवार्डले एक वर्षअघि एकै खेलमा ९ गोल गरेका थिए ।

यू २० विश्व कपमा गत वर्ष मे ३० मा नर्वेले होन्डुरसलाई १२–० ले पराजित गर्दा हालान्डले ९ गोल गरेका थिए । त्यो खेल अघि सम्म हालान्डको खासै चर्चा थिएन । सन् २०१९/२० को सिजनमा आरबी साल्जबर्गबाट खेल्दै हालान्डले च्याम्प्यिन्स लिग र लिगम गरि २८ गोल गरेका थिए ।
२० मिलयन युरोमा जनवरीमा उनी बोरुसिया डर्टमुन्डमा पुगेका थिए । नयाँ टोलीका लागि उनले १३ गोल गरिसकेका छन् । नयाँ सिजनका लागि उनलाई रियल म्याड्रिडले लिन चाहेको चर्चा चलिरहेको छ ।
हालान्डका बुबा आल्फ इन्ज हालान्ड पनि आफ्नो जमानामा फरवार्ड नै थिए । उनले प्रिमियर लिगमा लिड्सबाट खेलेका थिए भने राष्ट्रिय टोलीका लागि पनि झन्डै ३ दर्जन खेल खेले । हालान्डको खेल्ने शैली आफ्नो पिताको जस्तै रहेको छ । तर सफलताको हिसाबले भने छोरा निकै अगाडि जाने बुबा आफैं बताउँदै आएका छन् ।
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]