default_image

6 years ago

May 31, 2020

साल्जवर्ग अष्ट्रियन कप च्याम्पियन

120 views

0 Bookmark

एजेन्सी – रेडबुल साल्जवर्ग अष्ट्रियन कपको च्याम्पियन बनेको छ । शुक्रबार राति भएको खेलमा साल्जवर्गले एससी अष्ट्रिया लुस्टेनोउमाथि ५–० को जित निकाल्दै लगातार अष्ट्रियन कपको च्याम्पियन बनेको हो । 

जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार फरवार्ड एर्लिङ ब्राउट हालान्डको पुर्व क्लब रेडुबल साल्जवर्ग गतवर्ष पनि च्याम्पियन बनेको थियो । ओथर्सी स्टेडियम क्लागेनफर्टमा भएको खेलमा साल्जवर्गको जितमा डोमिनिक सावोजलाई, नोआ ओकाफर, माजित एसेमेरु र सिकोउ कोइटाले गोल गर्दा डोमिनिक स्टुमवर्गरले आत्मघाती गोल गरेका थिए । पहिलो हाफमा ३ गोल सम्भव हुदा दोस्रो हाफमा दुई गोल भएको थियो ।

लगातार च्याम्पियन बन्दा यसपटक साल्जवर्गले कोरोना महामारीको त्रासका कारण आफ्ना प्रशंसकसँग च्याम्पियन ट्रफीको खुशीयाली मनाउन पाएन । मैदानमा विपक्षी टोलीसँग ९० मिनेट निकट रहेर प्रतिस्पर्धा गरेपनि च्याम्पियन बनेपछि साल्जवर्गले च्याम्पियन ट्रफी उचाल्दा सामाजिक दुरी कायम गरेका थिए । पुरस्कार वितरण समारोह पनि सामाजिक दुरी अपनाएर गरिएको थियो । कप्तान एन्ड्रियास उल्मरले टोलीको नेतृत्व गदैं ट्रफी उचाल्दा अन्य सहकर्मीले उनलाई साथ दिएका थिए ।

साल्जवर्गले सामाजिक दुरी अपनाएर च्याम्पियनको खुशीयाली मनाइरहँदा बन्द रंगशालामा यो दृश्य निकै अनौठो देखिएको थियो । यो असामान्य जस्तै लाग्ने उत्सव अन्य लिग विजेताहरुका लागि खाका हुन सक्दछ । इंग्लिस क्लब लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको च्याम्पियन बन्ने संघारमा रहँदा लिभरपुलले यस्तै असाधारण र सामाजिक दुरी कायम गरी च्याम्पियन ट्रफी उचाल्नुपर्ने हुन्छ ।

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.