6 years ago
May 31, 2020
एजेन्सी – मिडफिल्डबाट आफ्नो करीअर अगाडी बढाएका काई हाभर्टज पछिल्लो समय बायर लेभरकुसनको आक्रमण सम्हाल्दै आएका छन् । राष्ट्रिय टोलीका समेत नियमित सदस्य रहेका काईले आक्रमणमा झनै राम्रो प्रदर्शन गर्दै आएका छन् ।

त्यसो त उनको प्रतिभाबारे निर्क्यौल गर्न राष्ट्रिय टोलीका प्रशिक्षक जोकिम लोकै भनाइ पर्याप्त छ । सन् २०१८ मा मात्र १९ वर्षको छँदा काईले राष्ट्रिय टोलीमा पहिलो अवसर पाएका थिए । उनले प्रशिक्षणमा गरेको प्रदर्शनले लो लगायत उनको प्रशिक्षण टोली नै आश्चर्यमा पर्यो ।
‘जब काईले पहिलो पटक सिनियर टोलीमा रहेर प्रशिक्षण गरे । म लगायत हाम्रो प्रशिक्षण टोली अचम्ममा पर्यौं । मलाई लाग्यो की उनी अहिलेभन्दा १-२ वर्ष अघिदेखि नै हामीसँग रहन सक्थे,’ प्रशिक्षक लोले भने, ‘यस्तो लाग्थ्यो की उनी लामो समयदेखि राष्ट्रिय टोलीका खेलाडीसँग खेलिरहेका थिए । कुनैपनि खेलाडीमा यो स्तरको क्षमता पाउन निकै मुस्किल पर्छ ।’
काईले शुक्रबार राती भएको खेलमा फ्राईबर्गविरुद्ध १-० को जितमा निर्णायक गोल गरेका थिए । यससँगै जर्मन लिगको शीर्ष श्रेणीमा उनको गोल संख्या ३५ गोल पुग्यो । २१ औं जन्मदिन अघि यो आँकडा पुर्याउने काई पहिलो खेलाडी हुन् । जारी सिजन नै उनले ११ गोल गरिसकेका छन् । कोरोनापछि लिग सुचारु भएपछि नै उनले ४ गोल गरिसकेका छन् ।

काईले गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै ३४ खेलमा १७ गोल गरेका थिए । उनले अधिकांश खेल फरवार्डपछाडी नम्बर १० पोजिसनमा खेलेका थिए । कोरोना संक्रमणले स्थगित लिग सुचारु भएपछि भने क्लबका फरवार्ड केभिन भोलान्डको अनुपस्थितिमा काईले फल्स ९ भूमिकामा आक्रमण सम्हालेका छन् । भोलान्ड क्लबका मुख्य फरवार्ड मात्र नभएर केहि खेलमा कप्तानी पनि गर्दथे ।
काईले कोरोनापछि अग्स्बर्गविरुद्ध खेलमा आक्रमण त सम्हाले नै, २-० को उक्त जितमा उनले टोलीको कप्तानी पनि गरेका थिए । २० वर्षीय काई सन् २००५ मा लुकास पोडोल्स्कीपछि कप्तानी गर्ने सबैभन्दा कान्छा खेलाडी बने । उनले उक्त खलेको पहिलो गोलमा असिस्ट पनि दिएका थिए ।
काईलाई अनुबन्ध गर्ने दौडमा युरोपका ठूला टोली लागिपरेका छन् । इंग्लिस टोली म्यानचेस्टर सिटी, लिभरपुल तथा क्याटलान क्लब बार्सिलोनाले उनलाई नजिकबाट हेरिरहेका छन् । लेभरकुसनले उनको लागि कम्तिमा १ सय मिलियन युरो माग गर्ने अनुमान गर्न सकिन्छ । तर कोरोनाका कारण आर्थिक अवस्था कमजोर रहेका कारण बार्सिलोनाले खेलाडी साटफेरमार्फत उनलाई अनुबन्धन गर्ने प्रयास गर्न सक्नेछ ।

काईले उमेर समूहदेखि नै बायर लेभरकुसनबाट खेल्दै आएका छन् । उनले सिनियर टोलीका लागि झन्डै डेढ सय खेल खेलिसकेका छन् । यसक्रममा उनी अहिले नै ५० गोलनजिक पुगेका छन् । सन् २०१९ मा अर्जेन्टिनाविरुद्ध मैत्रीपूर्ण खेलमा गोल गर्दै राष्ट्रिय टोलीका लागि पनि गोलको खाता खुलेको छ । जर्मन लिगमा उदाएका यी प्रतिभा आउने सिजन अर्को क्लबको जर्सीमा खेल्ने सम्भावना प्रशस्त छ । तर जहाँ पुगेपनि उनको शैलीले प्रभाव छाड्ने अनुमान गर्न सकिन्छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]