10 years ago
September 3, 2015
भाद्र १७, काठमाडौं-
अखिल नेपाल फूटबल सघं (एन्फा) ले राष्ट्रिय लिगको लागि नयाँ मिती तय गरेको छ, आज सघंको कार्यालयमा भएको बैठकमा लिग २८ गते बाट सुचारु गर्ने निर्णय गरेकोछ ।
देशको राजनैतिक अस्थिरताका कारणले निम्ताएको घटनाक्रमलाई मध्यनजर राख्दै लिगलाई पछाडी धकेल्ने निर्णय लिन बाध्य भएको कुरा एन्फाले बताएको छ| होम एण्ड अवे प्रणाली अनुरुप खेलाउन नसकेको खण्डमा केन्द्रमै खेल गराइने कुरामा क्लबहरु सहमत भएको कुरा पनि एन्फाले जनाएको छ|
उपाधिको लागि ८ वटा क्लबहरुले प्रतिस्पर्धा गर्दैछन । अहिले झापाअग्रस्थानमा रहेको छ , थ्री स्टार र मनाङले पहिलो स्थानमा रहेको टोली भन्दा दुई खेल कम खेलेको छ । प्रतियोगितामा पहिलो हुने टोलिले रु एक करोड पुरस्कार स्वरुप पाउने छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]