default_image

6 years ago

May 31, 2020

बार्सिलोनाका पूर्व अध्यक्ष भन्छन्, ‘रोनाल्डोभन्दा नेयमार उत्कृष्ट’

204 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलका अहिलेका स्टारमा लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो मध्येको उत्कृष्ट भन्ने चर्चा चलिरहन्छ । सामन्यतया यो छलफलमा नेयमार रोनाल्डो र मेस्सीपछि तेस्रो नम्बरमा आउँछन् । तर बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेलका अनुसार नेयमार मेस्सीपछि विश्व फुटबलका दोस्रा उत्कृष्ट खेलाडी हुन् ।

रोसेलको नजरमा मेस्सी भन्दा पछि रहेका नेयमार रोनाल्डो भन्दा अगाडि छन् । उनले नै नेयमारलाई सन् २०१३ मा बार्सिलोनामा भित्राएका थिए । नोउ क्याम्पका पूर्व प्रमुखले अहिले पनि आफु त्यहि जिम्मेवारीमा रहेको भए पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमारलाई पुनः सम्झौता गराउने प्रयासलाई उच्च प्राथमिकतामा राख्ने बताए । रोसेलले २०१० देखि २०१४ सम्म बार्सिलोनाको नेतृत्व सम्हालेका थिए ।

‘म अहिले पनि बार्साको अध्यक्ष हुन्थे भने म फेरि नेयमारसँग सम्झौताको प्रयास गर्ने थिए । उनी विश्वका मेस्सी पछिका दोस्रो उत्कृष्ट खेलाडी हुन् । उनी क्लबका लागि सहि खेलाडी हुन्’, उनले भने, ‘म अनुभवका आधारमा भन्छु । उनीसँग म दुई वटा सम्झौता गर्ने थिए । एउटा खेलकुद र अर्को अन्य व्यवहारका लागि ।’

२८ वर्षे ब्राजिलियन स्टारले मेस्सीसँग ४ वर्ष बार्सिलोनामा बिताएका थिए । सन् २०१७ मा उनी विश्व कीर्तिमान रकम १ सय ९८ मिलियन युरोमा पिएसजी गएका थिए । ला लिगामा रहँदा नेयमार, मेस्सी र लुइस स्वारेजको साझेदारीले विश्व फुटबलमा तहल्का मच्चाएको थियो । जसको फल स्वरुप बार्सिलोनाले २०१५ मा च्याम्पियन्स लिग जितेको थियो ।

ला लिगाको साविक विजेता समेत रहेको बार्सिलोनाले अर्को सिजनका लागि नेयमारलाई क्लबमा भित्राउने प्रयास थाल्ने चर्चा लामो समयदेखि चल्दै आएको छ । यसका लागि पछिल्लो सिजन क्लबले प्रयास गरेपनि फ्रान्सेली क्लबले उनलाई छोड्न मानेको थिएन । नेयमार आफू पनि बार्सिलोना जान इच्छुक रहेको बुझिएको छ ।

रोसेलले नेयमारलाई विश्व फुटबलको दोस्रो उत्कृष्ट खेलाडी भन्दा त्यो पक्कै पनि रोनाल्डोका समर्थकलाई भने चित्त बुझ्ने छैन । रोनाल्डो विश्व फुटबलका सर्वकालिन महान खेलाडी मध्ये एक हुन् भन्ने चर्चा वर्षौदेखि चल्दै आइरहेको छ । फेब्रुअरीमा ३५ वर्ष लागेको युभेन्ट्सका सुपरस्टार रोनाल्डोले यो सिजन रोकिनु अघि क्लब र पोर्चुगलका लागि ३६ गोल गरेका छन् । जुन गोल मेस्सीको भन्दा १२ बढी र नेयमारको भन्दा दोब्बर बढी हो ।

त्यति मात्र होइन उनले बालोन डी ओर ५ पटक जितेका छन् । रोनाल्डो भन्दा बढी मेस्सीले मात्र उक्त उपाधि बढी जितेका छन् । मेस्सीले गतवर्ष मात्र छैटौं पटक उपाधि जितेका थिए । नेयमारले अहिले सम्म यी दुई सुपर स्टारलाई मतमा पछि पार्न सकेका छैनन् । व्यक्तिगत अवार्डको प्रतिस्पर्धामा सन् २०१५ र २०१७ मा तेस्रो स्थानमा रहनु उनको उच्च नतिजा हो ।

नेयमारले २१ वर्षको उमेरमा हुँदाको तथ्यांक हेर्दा मेस्सी र रोनाल्डोलाई पछि पारेका थिए । उनले त्यति बेला २ सय २७ खेलमा १ सय ४० गोल गरेका थिए । त्यसको तुलनामा मेस्सीले ५१ र रोनाल्डोले ३६ गोल मात्र गरेका थिए । तर जब उनी ब्राजिल छोडेर युरोप आए, उनले त्यसै प्रदर्शनलाई निरन्तरता दिन सकेका छैनन् ।

युरोपका शीर्ष ५ लिगको तथ्यांकमा नेयमार निकै पछि छन् । नेयमार सान्तोष र रोनाल्डो लिस्बनको गोल छाड्ने हो भने नेयमार निकै पछि छन् । मेस्सीले यसक्रममा ४ सय ३८ गोल गर्दा रोनाल्डो १ गोलले मात्र पछाडि ४ सय ३७ गोलमा छन् । नेयमारले भने जम्मा १ सय १५ गोल गरेका छन् ।

प्रति गोल मिनेटका औसत हेर्दा पनि नेयमार पछाडि छन् । औसतमा नेयमारले हरेक १ सय २७ मिनेटमा गोल गर्छन भने रोनाल्डो १ सय १ र मेस्सी ८७ मिनेटमा १ गोल गर्छन् । यसले पनि नेयमार तथ्यांकमा हेर्दा रोनाल्डो र मेस्सीभन्दा पछाडी रहेको प्रष्ट पार्छ ।

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.