default_image

6 years ago

May 31, 2020

कामाभिगां रियल जाने सम्भावना कम

103 views

0 Bookmark

एजेन्सी – इडुरार्डो कामाभिगां आउने सिजन रियल म्याड्रिड जाने चर्चा चलिरहेको छ । तर, यो बीचमा रिनेसले भने आफ्ना मिडफिल्डर तत्काल अर्को क्लब नजानेमा विश्वस्त छ । १७ वर्षे कामाभिंगाको रिनेससँग सन् २०२२ सम्मको सम्झौता छ ।

कम्तीमा अर्को एक सिजन उनी क्लबमै रहने अनुमान गरेको छ । कोभिड १९ का कारण स्थगित भएको लिग वान त्यहि रद्द भएको थियो । लिग वान रद्द भएपनि रेनसले अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछ । त्यस कारण पनि टोलीले कामाभिगां अर्के सिजनका लागि क्लबमै रहने अपेक्षा गरेको छ ।

‘कामाभिगां यहि रहेर अझै प्रगती गरुन् भन्ने हामी चाहन्छौं । सबैका लागि फाइदा हुने भएकाले अर्को सिजन पनि उनी यहिँ रहनेछन् भन्नेमा हामीलाई विश्वास छ’, रिनेसका अध्यक्ष निकोलस ओल्भेकले भने, ‘हाम्रो प्राथमिकता भनेको उनलाई टोलीमा राख्नु हो । यहि टोलीमा रहेर उनले आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् ।’

अध्यक्ष ओल्भेकले सरुवा बजारमा चनाखो हुने पर्नेमा जोड दिए । उनले भने, ‘टोलीमा अझै सुधार ल्याउनका सम्भव भएसम्म बलियो बनाउनका लागि सरुवा बजारमा हामीले चनाखो रहन आवश्यक छ। आउने सिजनका लागि कामाभिगां रियलका प्राथमिकतमा रहेको खेलाडी मध्येका हुन् ।’

उनीसँगै रियलले बोरुसिया डर्टमन्डका इर्लिङ हालान्डलाई भित्राउन चाहिरहेको छ । तर, कोरोना भाइरसका कारण उत्पन्न्न परिस्थितिले क्लबको आर्थिक अवस्थामा पारेको असरले उनीहरुलाई ल्याउने योजना रोकिन सक्ने सम्भावना छ ।

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

Success

Thank you for your time.