6 years ago
June 1, 2020
एजेन्सी – सन् २००३ मा जब इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धन गर्यो, त्यसबेला रोनाल्डोले भनेका थिए, ‘ मलाई राम्रो भन्नुहुन्छ भने तपाईं पहिला फाबियो पाईमलाई हेर्नुहोस् ।’

त्यसबेला विश्व फुटबलका उत्कृष्ट युवा प्रतिभाले त्यसो भन्दा धेरैले पाईम राम्रै खेलाडी होलान् भन्ने सोचेका थिए । र पाईम थिए पनि उस्तै, रोनाल्डो नै खेल्ने स्पोर्टिङ लिस्बन एकेडेमीका पाईमलाई सानै उमेरमा ठूला क्लबहरुले अनुबन्धन गर्न खोजेका थिए । १४ वर्षको उमेरमा नै उनलाई हेर्न रियल म्याड्रिड, बार्सिलोना र रियल म्याड्रिडका स्काउट आफैं मैदान पुग्थे ।
कलिलो उमेरमा नै उनले विश्व फुटबलका सुपर एजेन्ट जोर्गे मेन्डेससँग सम्झौता गरेका थिए । पाईम १९ वर्ष भएपछि प्रिमियर लिगको ठूलो क्लब चेल्सीमा अनुबन्धित भए । त्यसबेला ब्राजिलियन प्रशिक्षक लुइज फिलिपे स्कोलारीले पाईमलाई अनुबन्धन गरेका थिए । धेरैले पाईम सिनियर टोलीमा खेल्न सक्ने देखेका थिए, तर समय बित्दै जाँदा त्यसो भएन ।
सन् २००८ मा चेल्सी पुगेका उनले रिजर्भ टिमबाट मात्र खेल्ने मौका पाए । चार महिने चेल्सी बसाइमा सिनियर टोलीसम्म पुग्न नसकेपछि क्लबले उनलाई लोनमा पठायो । पोर्चुगलको रिओ एभ र त्यसपछि रियल मासामाबाट अपेक्षित प्रदर्शन गर्न नसकेपछि सन् २०१० मा उनको सम्झौता रद्द भयो ।
रोनाल्डोले आफूभन्दा उत्कृष्ट बखान गरेका खेलाडी सन् २०११ मा पोर्चुगलको तेस्रो श्रेणी क्लबमा पनि टिक्न सकेनन । उनले एससीयु तोरेनेसेबाट मात्र तीन खेल खेल्न पाए । त्यसपछि पाईम लगातार क्लब परिवर्तन गर्दै आफ्नो करीअर अगाडी बढाउने प्रयासमा लागे । उनले कतारको अल खरैतियत र लक्जेमबर्गको युनियन कल तेतान्जेबाट पनि खेले ।

एक समय युवा खेलाडीको रुपमा तहल्का मच्चाएका पाईमले चीन, एंगोला, माल्टा, लिथुआनिया, लक्जेम्बर्ग कतार र ब्राजिलका क्लबबाट खेले । तर फिटनेसको समस्यासँगै मैदानमा अपेक्षित प्रदर्शन गर्न नसक्दा उनले कतैपनि टिक्न सकेनन् ।
राम्रो खेलाडीका रुपमा करीअर अगाडी बढाउन नसकेपछि आजित भएका उनी कुलतमा फसे । उनी गत वर्ष अवैध औषध तस्कर गरेको आरोपमा समातिए । पुलिसले गिरफ्तारपछि उनको घरमा खानतलासी गर्दा १२ ग्राम ड्रग्स, तौल जोख्ने मेसिन, ९ सय युरो र एक बिएमडब्लु कार बरामद गरेको थियो । उनलाई लिस्बननजिक काजियास जेलमा राखिएको थियो ।
उनै पाईमले गत साता ग्लोबोस्पोर्टसँग आफ्नो करीअर र रोनाल्डोबारे अन्तर्वार्ता पनि दिएका छन् । ‘रोनाल्डो यस विश्वका खेलाडी हैनन् । अहिले उनीसँग दाँज्न लायक खेलाडी सायदै कोहि होला । पहिला भने थिएँ,’ उनले भने ।
‘ एक समय थियो जतिबेला म रोनाल्डोभन्दा राम्रो थिएँ । तर उनीसँग जे थियो, त्यो मसँग थिएन । रोनाल्डोको मुख्य विशेषता भने उनको लगाव हो । उनले चाहेको लक्ष्यमा पुग्नै पर्ने र त्यसका लागि लगातार मिहिनेत गर्नसक्ने क्षमता छ, त्यो मसँग थिएन ।’
‘ म युवा उमेरमा उनीभन्दा प्रतिभाशाली र स्तरीय खेलाडी थिएँ । तर बाँकी भने मसँग थिएन । म अहिले बरु कम प्रतिभा भएर अन्य कुरा बढी भएको भए ठिक हुने सोच्छु । म विश्वको उत्कृष्ट खेलाडी बन्न सक्थें । जन्मँदा कोहि पनि उत्कृष्ट भएर जन्मने होइन रहेछ । मलाई लाग्थ्यो मसँग प्रतिभा छ र यसले उत्कृष्ट बन्न पर्याप्त हुन्छ, तर म गलत रहेछु । मिहिनेत र लगाव उत्तकै महत्त्वपूर्ण रहेछ ।’
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]