6 years ago
June 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ ।

सोमबार झन्डै ८ घन्टासम्म चलेको एन्फाको कार्यसमितिको अनलाइन बोर्ड बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोप लगाउँदै जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाउने एन्फाले जनाएको छ ।
‘च्याट ग्रुपका विषयमा स्पष्टिकरण सोध्दा उल्टै १५–२० वटा प्रतिप्रश्न गरेर पठाएको छ । यस्तो अवस्थामा संस्था निरिह भएर बस्न मिल्दैन । सोही कारण सम्पुर्ण कार्यसमितिसंग छलफल गरेर निलम्बनको कारबाही गरिएको हो,’ बैठकको निर्णयमा उल्लेख छ । थापाको स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएको र यस्तो अपशब्दमा संस्था निरिह भएर बस्न नमिल्ने र स्पष्टिकरण सोध्दा उल्टै प्रतिप्रश्न गर्दै जवाफ पठाएको भन्दै कारबाही गरिएको बैठकले निर्णय गरेको छ ।
एन्फाका केन्द्रिय सदस्य दावा लामाले ललितपुर अध्यक्ष थापाको कारवाही विधिसम्मत नरहेपनि पेलेरै गएर अनुमोदन गरेको बताएको छ । ‘एन्फाले कारवाहीको विषयमा कसैलाई लाखा कसैलाई पाखा गर्न हुदैन । तर, एन्फाले त्यस्तै कार्य गरेको छ । बैठकमा स्वयं अध्यक्ष र सदस्य रुपेश अधिकारीको विषय उठेको थियो,’ सदस्य लामाले भने, ‘बैठकमा अध्यक्ष शेर्पालाई राज्यबाट निर्णय नआएसम्म राजीनामाको माग गरेका थियौं । तर, यो विषयमा कुनै निर्णय नै हुन सकेन ।’

यस्तै एन्फाले बैठकले २०७७/७८ को वार्षिक बजेट ७० करोड ४१ लाख १९ हजार ९२५ रुपैया विनियोजन गरिएको र उक्त बजेट संघको आगमी साधरण सभामा अनुमोदनको लागि पेश गरिने जनाएको छ ।
कोभिड–१९ को सम्वन्धमा फिफाबाट प्राप्त १ लाख अमेरिकी डलर बराबरको राहत ४८ जिल्ला फुटबल संघ, ४ सदस्य समितिहरु, १४ ए डिभिजन क्लब, १२ बी डिभिजन क्लब, १४ सी डिभिजन क्लब, एनफाबाट स्वीकृत मोफसलमा सञ्चालन गर्ने फुटबल प्रतियोगिताको आयोजक क्लबहरुलाई एन्फामा आबद्ध सबै तहका प्रशिक्षक, कर्मचारी, ए डिभिजन लिग सञ्चालन गर्ने रेफ्री, रेफ्री एसेसरहरु ३० जना, नेपाली राष्ट्रिय पुरुष तथा महिला फुटबल टिमका ३५–३५ जना खेलाडीलाई जनही १५–१५ हजार रुपैया खुराक खर्च दिने निर्णय गरेको छ ।यस्तै बैठकले १५ भदौमा एन्फाको साधारणसभा बस्ने निर्णय गरेको छ ।
वैशाख २२ गते एन्फा डेको दिन वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले एन्फा डेको अवसरका ए, बी र सी डिभिजनको भाइवस समूहमा ह्याप्पी एन्फा डे भनेर शुभकामना सन्देश दिएका थिए । त्यसपछि बी डिभिजन क्लब झम्सिखेल युत क्लबका प्रशिक्षक समेत रहेका थापाले ‘आज एन्फा डे होइन चोरहरुको श्रीगणेश डे’ हो भनेर लेखेका थिए ।
एन्फाले २५ बैशाखमा उनलाई दुई दिनभित्र एन्फाले लिखित स्पष्टिकरण दिन पत्र काटिएको थियो । थापाले २६ बैशाखमा लिखित स्पष्टिकरण दिएपछि एन्फाले थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै ५ जेठमा अर्काे साधरणसभा सम्मको लागि उनलाई ललितपुर जिल्ला फुटबल संघको अध्यक्षबाट निलम्वन गरेको थियो । थापाले आफूमाथि गरिएको कारबाही अवैधानिक रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)सहित फिफा, एएफसी लगायतका निकायमा उजुरी दिएका थिए । उनले आफुलाई कारबाही गर्ने वैधानिक अधिकार सचिवालयलाई नभएको भन्दै अवैधानिक कारवाहीमा हस्ताक्षर गर्ने महासचिवसमेतलाई कारबाहीको माग गरेका थिए ।
सोमबार मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा) मा आबद्ध ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) ले संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएकाले उनलाई कारवाही र फुटबलको संरक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]