default_image

6 years ago

June 2, 2020

लाइप्जिगको सहज जित

135 views

0 Bookmark

एजेन्सी – एफसी कोल्नमाथि सहज जित निकाल्दै आरबी लाइप्जिग जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ ।
सोमबार राति भएको खेलमा लाइप्जिगले घरेलु टोली कोल्नमाथि ४–२ को सहज जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।

जितसँगै लाइप्जिगले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डसँगको अंक दुरी २ मा झारेको छ । लाइप्जिगको २९ खेलबाट ५८ अंक पुगेको छ । डर्टमुन्डको ६० अंक छ । पराजित कोल्न ३४ अंकसहित ११औं स्थानमा छ । शीर्षस्थानको बायर्न म्युनिखको ६७ अंक छ ।

कोल्नमा भएको खेलमा लाइप्जिगको सहज जितमा प्याट्रिक, क्रिस्टोफोर एनकुन्कु, टिमो वेर्नर र ड्यानियल ओल्मोले गोल गरे । घरेलु टोलीका जोन कोर्डोवा र एन्थोनी मोडेस्टेले गोल गरे । खेलको सातौ मिनेटमा कोर्डाेवाको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । २०औं मिनेटमा प्याट्रिकले बराबरी गोल फर्काए । ३८औं मिनेटमा क्रिस्टोफोरले गोल गरेपछि लाइप्जिगले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

५०औं मिनेटमा वेर्नरले गोल गर्दै लाइप्जिगलाई ३–१ ले अघि बढाए । बुन्डेस लिगामा वेर्नरको यो २५औं गोल हो । ५५औं मिनेटमा एन्थोनीले गोल गरेपछि खेल ३–२ को प्रतिस्पर्धात्मक मोडमा पुगेको थियो । तर, त्यसको दुई मिनेटपछि नै ओल्मोले गोल गर्दै लाइप्जिगलाई ४–२ को सहज जित दिलाए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.