6 years ago
June 2, 2020
एजेन्सी – इटालियन क्लब ब्रेसियाका २० वर्षीय मिडफिल्डर सान्ड्रो टोनालीलाई दिग्गज मिडफिल्डर आन्द्रेए पिर्लोसँग दाँजिदै आएको छ । टोनाली आफैं पनि दुवैको उस्तै कपाल रहेकाले समर्थकले दाँजेको बताउँछन् ।

तर यी युवा मिडफिल्डरको प्रदर्शन पनि कम्तिको छैन । खेल्ने शैली र खेलमा छाड्ने प्रभावले गर्दा नै टोनालीलाई अर्का पिर्लो भनेर नामाकरण गरिएको छ । त्यसो त पिर्लोले पनि ब्रेसियाबाट नै करीअर अगाडी बढाएका थिए । इटालियन शीर्ष डिभिजनमा रेलिगेसन क्षेत्रमा संघर्षरत टोलीका लागि खेलेपनि टोनालीको प्रदर्शन उत्कृष्ट रहेको छ ।
ब्रेसिया यो सिजन रेलिगेसनमा पर्ने लगभग पक्काजस्तो छ । त्यसैले पनि टोनालीलाई अनुबन्धन गर्न क्लबहरुको प्रस्ताव सुरु भइसकेको छ । ब्रेसियाका मालिक मासिमो सेलिनोका अनुसार हाल उनलाई अनुबन्ध गर्न युरोपका ठूला ४ क्लबले प्रस्ताव राखेका छन् । इटालीका युभेन्टस र इन्टर मिलानसँगै फ्रान्सेली पेरिस सेन्ट जर्मेन र बार्सिलोनाले क्लबसँग सम्पर्क गरिसकेको छ ।
तर सेलिनोको जानकारी अनुसार टोनाली इटालीमै बस्न चाहन्छन् । पीएसजीले उनलाई अनुबन्ध गर्न विस्तृत योजनासहित प्रस्तुत भएपनि उनले त्यहाँ जाने इच्छा देखाएनन् । अध्यक्ष नासिर एल खलिफा आफैंले टोनालीका लागि सम्पर्क गरेको सेलिनोले बताए । अब इटालियन क्लबले नै अर्को सिजन उनलाई अनुबन्ध गर्ने देखिएको छ ।

सेलिनो यसअघि लिड्स युनाइटेड र काग्लियारीमा समेत रहेका थिए । उनका अनुसार नेपोली र फिओरेन्टिनाले पनि टोनालीमा नजर राखेका छन् । तर खेलाडी आफैं भने इन्टर अथवा युभेमा जान चाहन्छन् । नेपोलीले यसअघि नै ४० मिलियन युरोको प्रस्ताव राखेको उनले बताए ।
सेलिनोका अनुसार बार्सिलोनाले टोनालीकै लागि दुई खेलाडी र रकमसहितको प्रस्ताव अगाडी सारेको थियो । ‘कोरोनाअघि ब्रेसियालाई ६५ मिलियन युरो र दुई युवा खेलाडीको प्रस्ताव आएको थियो । दुवै खेलाडी ७.५ मिलियन भाउका थिए र एकजना फुलब्याक खेल्थे,’ सेलिनोले भने,’ तर बार्सिलोनाले अपेक्षा गरेअनुसार उत्तर पाएन । टोनालीबाट उत्तर गएको थिएन ।’
सेलिनोले सिजनमा अझै १२ खेल बाँकी रहेकाले अहिले निर्णय नलिने बताए । ‘म अहिले कसैसँग निर्णय दिन चाहन्न । लिगमा अझै १२ खेल बाँकी छन् र टोनालीले पनि खेलमा ध्यान दिनुपर्छ,’ उनले भने ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]