6 years ago
June 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो विवादस्पद अभिव्यक्तिका लागि माफी मागेका छन् । झन्डै दुई साता अघि एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा परेका थिए ।

शेर्पाले बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका छन् । सोही विज्ञप्तीमा उनले भनेका छन्, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’
नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा शेर्पाले राष्ट्रियताको प्रसंग उठाएका थिए । उक्त अन्तर्वार्तामा शेर्पाले आर्मीसँगको सहकार्यमा ग्रासरुट सुरु गर्नुको दुई वटा कारण रहेको बताएका थिए ।
‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आकर्षण गर्नका को लागि । अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं,’ उनले भनेका थिए,’ तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’
सोहि विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न संसदमा माग गरेका थिए । ‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको बुझिएको छ ,’ सांसद श्रीवास्तवले भनेका थिए, ‘उहाँले मधेसीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदैछु भन्ने जस्ता अभिव्यक्ति दिनुभएको हुनाले त्यस्ता अभिव्यक्ति दिने ति जिम्मेवार व्यक्तिलाई छानविन गरि आवश्यक कारवाही गर्न सभामुखमार्फत माग गर्दछु ।
एन्फा अन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका थिए । यसैबीच, मधेशी आयोगले पनि शेर्पाको विवादस्पद अभिव्यक्ति नोटिसमा आएको जनाएको थियो ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]