6 years ago
June 4, 2020
एजेन्सी – आइनट्राख्ट फ्रान्कफर्टले जर्मन बुन्डेस लिगामा वेर्डर ब्रेमेनमाथि सहज जित निकालेको छ । फ्रान्कफर्टले ब्रेमेनमाथि ३–० को सहज जित निकालेको हो ।

घरेलु टोलीलाई पराजित गर्न फ्रान्कफर्टका स्टेफन इसानकरले दुई तथा आन्द्रे सिल्भाले एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, फ्रान्कफर्टले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । खेलको ६१औं मिनेटमा पोर्चुगिज आन्द्रे सिल्भाले फिलिप कोस्टिकको पासमा गोल गर्दै फ्रान्कफर्टलाई खेलमा १–० ले अघि बढाए ।

त्यसपछिको दुवै गोल स्टेफनको नामा रह्यो । स्टेफनले १० मिनेटको अन्तरमा दुई गोल गर्न सफिल भए । ८१औं मिनेटमा बास डोस्टको पासमा पहिलो गोल गरेका स्टेफनले ९०औं मिनेटमा जोनाथन डि गुजमनको पासमा गोल गर्दै फ्रान्कफर्टलाई ३–० को सहज जित दिलाए ।
जितसँगै फ्रान्कफर्ट २९ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा उक्लदा पराजित वेर्डर ब्रेमेनले रेलिगेसन जोन छाड्ने मौका खेर फालेको छ । ब्रेमेन २५ अंकसहति १७औं स्थानमा यथावत छ । १९ अंकसहित पाडेरवर्न पुछारमा छ । बायर्न म्युनिख ६७ अंक जोडेर शीर्षस्थानमा रहँदा बोरुसिया डर्टमुन्ड (६०) र आरबी लाइप्जिग (५८) ले बायर्नलाई पछ्याइरहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]