6 years ago
June 4, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ११ जुनदेखि पुनः सुचारु हुन लागेको स्पेनिस ला लिगाको पहिलो खेल गुमाउने सम्भावना देखिएको छ । बार्सिलोनाले १३ जुनमा मालोर्कासँग खेल्ने तालिका छ ।

प्रशिक्षण दौरान एडुक्टर समस्याका कारण ३२ वर्षीय मेस्सीले बुधबार टिमसँगको प्रशिक्षण छुटाएका थिए । टोलीले सान्ट जोन डेस्पी कम्प्लेक्समा प्रशिक्षण गरिरहेका छन् । मेस्सीको मंगलबार एमआरआई गरिएको थियो ।
परिक्षण गर्दा समस्या देखिएको र उनलाई थप चोट लाग्ने सक्ने भएका कारण विश्राम दिइएको क्लबका प्रशिक्षक क्विके सेटिनले बताएका छन् । यससँगै उनी मलोर्काविरुद्धको खेलमा खेल्नेमा शंका उत्पन्न भएको हो । स्पेनिस मिडियाका अनुसार मेस्सीले टिम बाहिर रहेर एक्लै जिम गरिरहेका छन् ।

कोरोना महामारी अघि मेस्सीले १९ गोल र १२ असिस्ट दिएका छन् । बार्सिलोना ५८ अंक जोडेर ला लिगाको शीर्षस्थानमा रहेको छ । ५६ अंक जोडेर रियल म्याड्रिडले बार्सिलोनालाई पछ्याइरहेको छ । ला लिगामा ११ चरणको खेल खेल्न बाँकी छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]