default_image

6 years ago

June 4, 2020

लकडाउनपछि रोनाल्डोको फिटनेसमा अझै सुधार

153 views

0 Bookmark

एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोको फिटनेसमा कोरोनाका कारण भएको लकडाउनपछि थप सुधार आएको छ

युभेन्टसले यसै साता आफ्ना खेलाडीको फिटनेस स्तरबारे जानकारी लिन गरेको परिक्षणमा रोनाल्डोको प्रदर्शन कोरोनाअघिको टेस्ट भन्दा अझै राम्रो आएको हो रोनाल्डो अन्य खेलाडीभन्दा ४ घण्टा अगाडी नै प्रशिक्षण स्थलमा पुगेर तयारी गरिरहेका थिए उनले अगाडी नै पुगेर केहि व्यक्तिगत प्रशिक्षण र टेस्टमा सरिक भएका थिए

क्वारेन्टिनको समयमा पनि नियमित शारीरिक अभ्यासमा व्यस्त देखिएका रोनाल्डोको फिटनेसमा थप सुधार देखिएको छ । रोनाल्डोले नियमित रुपमा आफूले गरेको अभ्यास सामाजिक संजालमा पनि राखेका थिए । उनको मिहिनेतका कारण नै लिग सुचारु हुँदा उनी उच्च फिटनेसमा देखिएका छन् ।

रोनाल्डोले युभेन्टस र पोर्चुगलको टिम प्रशिक्षणपछि आफ्नो लागि बेग्लै व्यक्तिगत तालिका तयार गरेका छन् उनले प्रत्यक साता पाँच पटक विशेष जिम सेसनमा सहभागी हुने गरेका छन् यसमा पलातिज र पौडीको छुट्टै सेसन पनि समावेश गरिएको छ

रोनाल्डोले अभ्याससँगै आफ्नो खानामा पनि विशेष ध्यान पुर्याउँदै आएका छन् उनले दिनमा छ पटक विभिन्न किसिमको भोजन गर्ने गर्छन् । सामान्यतया पास्ता र चिकेन खाने उनले आफ्नो खानामा नुन पनि हाल्दैनन् ।

रोनाल्डोले सुन्तला र कटहरको जुस खाने गरेका छन् त्यसबाहेक उनी धेरै पानी पिउँछन् । रोनाल्डोले कम्तिमा ८ घण्टा सुत्नैपर्ने तालिका समेत पछ्याउने गरेका छन्

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.