default_image

4 years ago

June 4, 2020

फिफामा एन्फा अध्यक्षविरुद्ध पूर्व अध्यक्ष श्रेष्ठको पनि उजुरी

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादास्पद अभिव्यक्तिको छानबिनका लागि एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ विश्व फुटबल महासंघ (फिफा) उजुरी दिएका छन् । यसै महिनाको सुरुवातमा एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा तानिएका थिए ।   […]

87 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादास्पद अभिव्यक्तिको छानबिनका लागि एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ विश्व फुटबल महासंघ (फिफा) उजुरी दिएका छन् । यसै महिनाको सुरुवातमा एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा तानिएका थिए ।

 

‘सञ्चारमाध्यममा आएको समाचार र संसदमा समेत शेर्पाको अभिव्यक्तिलाई लिएर छानबिनको माग भइरहेको छ । त्यसैले यो कठिन परिस्थितिलाई उल्लेख गर्दै मैले फिफालाई पत्र पठाएको हु,’ ए डिभिजन क्लब एनआरटीका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘अहिले नेपाली फुटबलका लागि कठिन समय छ । त्यसको छानबिन गरेर यो समस्याको अन्त्यका लागि पूर्व अध्यक्षको नाताले फिफालाई आग्रह गरेको हु । ‘

श्रेष्ठले सोमबार फिफालाई उजुरी पठाएको र त्यसको जानकारी एसियाली फुटबल महासंघलाई पनि दिएको बताए । फिफाले भ्रष्टारको अभियोगमा एन्फाका पूर्व अध्यक्ष गणेश थापालाई १० वर्षको प्रतिबन्ध लगाएपछि बाँकी अवधिका लागि भएको निर्वाचनमा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए । त्यति बेला श्रेष्ठले शेर्पालाई नै हराएका थिए । श्रेष्ठले अर्को कार्यकालका लागि भने उम्मेदवारी दिएका थिएनन् ।

श्रेष्ठले उजुरी दिएको भोली पल्ट मंगलबार अध्यक्ष  शेर्पाले विधान विपरित विवादास्पद अभिव्यक्ति दिएको भन्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले फिफा र एएफसीमा छानबिनका लागि मंगलबार उजुरी दर्ता गराएका थिए ।

नेम्बाङले अध्यक्षले फिफा, एएफसी र एन्फाकै विधान विपरित अभिव्यक्ति दिएको उल्लेख गर्दै भने,’ मैले व्यक्तिगत रुपमा पनि अध्यक्षलाई सार्वजनिक माफीको सल्लाह दिएको मान्नु भएन । एन्फा कार्यसमितिको बैठकमा पनि छानबिन समिति बनाउन र त्यति बेला सम्मका लागि अध्यक्षलाई राजीनामा गर्न अवाज उठाएको हु । दुवै सुनुवाई भएन ।’

अध्यक्ष शेर्पाले गलत अभिव्यक्तिका लागि माफी माग्नुको सट्टा उल्टो कार्य समिति बैठकमा आफुले त्यस्तो अभिव्यक्ति नदिएको भनेर टार्न खोजेको आरोप वरिष्ठ उपाध्यक्ष नेम्बाङले लगाएका छन् । उहाँको अभिव्यक्ति विधान विपरित छ । मैले त्यसको छानबिनको माग गर्दा कार्यसमितिमा सुनवाई भएन,’ उनले भने, त्यसैले मैले सम्बन्धित माथिल्लो निकाय फिफा र एफसीमा उजुरी दिएको हु । उजुरीका बारेमा मैले अध्यक्षलाई पनि जानकारी गराएको थिए । उहाँले पठाउनुस् भन्नुभएपछि पठाए ।’

ग्रासरुट कार्यक्रमका लागि नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा एन्फा अध्यक्ष शेर्पाले राष्ट्रियताको प्रसंग उठाएका थिए । उक्त अन्तर्वार्तामा शेर्पाले आर्मीसँगको सहकार्यमा ग्रासरुट सुरु गर्नुको दुई वटा कारण रहेको बताएका थिए ।

‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आकर्षण गर्नका को लागि । अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं,’ उनले भनेका थिए,’ तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’

एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो अभिव्यक्तिका लागि माफी मागेका थिए । बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका छन् । सोही विज्ञप्तीमा उनले भनेका छन्, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’

सोहि विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न संसदमा माग गरेका थिए । ‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको बुझिएको छ ,’ सांसद श्रीवास्तवले भनेका थिए, ‘उहाँले मधेसीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदैछु भन्ने जस्ता अभिव्यक्ति दिनुभएको हुनाले त्यस्ता अभिव्यक्ति दिने ति जिम्मेवार व्यक्तिलाई छानविन गरि आवश्यक कारवाही गर्न सभामुखमार्फत माग गर्दछु ।’

एन्फा अन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका थिए । यसैबीच, मधेशी आयोगले पनि शेर्पाको विवादस्पद अभिव्यक्ति ‘नोटिस’मा आएको जनाएको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.