6 years ago
June 5, 2020
एजेन्सी – पोर्चुगिज क्लब बेन्फिकाका दुई खेलाडी समर्थकले मैदानबाहिर रहेर टिम बसमा ढुंगा प्रहार गरेपछि घाइते भएर अस्पतालमा भर्ती भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण स्थगित लिग सुचारु भएपछिको पहिलो खेलमा बेन्फिका तोन्देलासँग गोलरहित बराबरीमा रोकिएको थियो । खेलमा गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा बेन्फिकाले अंक तालिकाको शीर्षस्थानमा अग्रता बनाउनबाट चुकेको थियो । खेल जित्न नसकेको रिसमा समर्थकले टिम चढेको बसमा ढुंगा प्रहार गरेपछि दुई खेलाडी घाइते भएर अस्पतालमा भर्ती हुनुपरेको हो ।
जर्मन मिडफिल्डर जुलियन वाइगल र सर्बियन मिडफिल्डर आन्द्रिजा जिभ्कोभिचको अनुहारमा चोट लागेको छ । समर्थकले प्रहार गरेको ढुंगा गाडीको झ्यालको सिसामा लाग्दै अनुहारमा लागेपछि दुवै खेलाडीलाई थप उपचारका लागि अस्पताल पुर्याइएको हो । नजिकै रहेको प्रशिक्षण केन्द्रमा प्रारम्भिक उपचार गरेपछि दुवै खेलाडी अस्पताल पिगेका थिए ।

कोरोनाका कारण लिग स्थगित हुँदा बेन्फिका अंक तालिकाको दोस्रो स्थानमा थियो । एक अंकको अग्रता लिएको पोर्टो अघिल्लो दिन पराजित भएपछि बेन्फिकाले अग्रता लिने अवसर पाएको थियो । पोर्टो फामालिकाओसँग २-१ ले स्तब्ध भएको थियो । तर बेन्फिका बराबरीमा रोकिँदा दुवै टोलीको समान अंक रहेको छ । ९ चरणको खेल बाँकी रहँदा दुवै टोलीले ६० अंक जोडेका छन् ।
समग्रमा बेन्फिकाले लगातार तेस्रो बराबरी खेलेको छ । पछिल्लो चार खेलमा बेन्फिका घरेलु मैदानमा जितविहिन रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]