default_image

6 years ago

June 5, 2020

एन्फा अध्यक्ष शेर्पालाई निलम्बन गर्न संसदमा माग

123 views

0 Bookmark

प्रकाश तिमल्सिना,काठमाडौं

सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई अविलम्बन निलम्बन गर्न माग गरेका छन् । शुक्रबार संसदमा बोल्दै समाजवादी पार्टीका सांसद यादवले मेधेसीका विषयमा गलत अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पालाई अबिलम्ब निलम्बन गरि छानबिनमा ल्याउन सभामुख मार्फत युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आग्रह गरेका छन् ।

यसै महिनाको सुरुवातमा एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा तानिएका थिए । शर्पाको उक्त अभिव्यक्तिका विषयमा बोल्ने क्रममा सांसद यादवले खेलकुद मन्त्री विश्वकर्मालाई पनि ओरोपित गरेका थिए । ‘मलाई यहाँ सम्म पनि सुन्न आएको छ । एन्फाले पनि माननिय खेलकुद मन्त्रीलाई पनि बढा माया गरेको छ, उनको आरोप थियो, एन्फाले उहाँलाई १७ करोड रुपैयाँ दिएको छ ।’

सांसद यादवले एन्फा अध्यक्ष शेर्पाले अनलाईन अन्तवार्ता दिने क्रममा मेधेसीलाई राष्ट्रियता आउँदैन राष्ट्रियता सिकाउनुपर्छ भनेको उल्लेख गर्दे भने, त्यो पनि कसको मार्फत सेनाको मार्फत । सेनालाई पनि मुछ्नुभएको छ । मधेसीलाई उहाँले राष्ट्रिय सिकाउने हो ? मधेसीलाई राष्ट्रिय आउँदैन ? मधेसीलाई हेप्ने र होच्याउने काम भएको छ ।

उनले शेर्पाले मन्त्री विश्वकर्माकै ताकतमा त्यस्तो बोलेको आरोप समेत लगाएका छन् । सांसदले सेना पवित्रा संस्था भएको उल्लेख गर्दै भने, ‘हामी सेनालाई दिलमा राख्छौं मुटुमा राख्छौं ।  यहाँ सम्मकी सांसद यावदले एन्फा अध्यक्ष शेर्पाले देश टुक्राउने सम्म अभिव्यक्ति दिएको आरोप समेत लगाएका थिए । सांसदले बोलिरहँदा खेलकुद मन्त्री विश्वकर्मा संसदमै थिए ।

ग्रासरुट कार्यक्रमका लागि नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा एन्फा अध्यक्ष शेर्पाले राष्ट्रियताको प्रसंग उठाएका थिए । उक्त अन्तर्वार्तामा शेर्पाले आर्मीसँगको सहकार्यमा ग्रासरुट सुरु गर्नुको दुई वटा कारण रहेको बताएका थिए ।

‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आकर्षण गर्नका को लागि । अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं,’ उनले भनेका थिए,’ तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’

शर्पाको विवादास्पत अभिव्यक्तिको छानविन गर्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफालाई छुट्टा छुट्टै उजुरी गरेका थिए । एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो अभिव्यक्तिका लागि माफी मागेका थिए । बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका छन् ।

सोही विज्ञप्तीमा उनले भनेका छन्, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’

सोहि विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न संसदमा माग गरेका थिए । एन्फा अन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ ९काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ० का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका थिए ।

 

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.