6 years ago
June 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएको भन्दै एन्फामा आबद्ध ४ जिल्ला संघले कारवाही माग सहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई ज्ञापन पत्र बुझाएका छन् ।

एन्फा ४ जिल्ला काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष दीपक खतिवडा र एन्फाबाट निलम्बित ललितपुरका अध्यक्ष पुरुषोत्तम थापाले संयुक्त रुप.मा हस्ताक्षर गर्दै उपाध्यक्ष तिम्सिनालाई शुक्रबार ज्ञापन पत्र दिएका हुन् । सुजखुबाहेक ३ अध्यक्षको उपस्थिति थियो ।
यसअघि उनीहरुले मन्त्री परिषद् तथा प्रधानमन्त्री कार्यालय एवंम् युवा तथा खेलकुद मन्त्रालयमा सोहि विपरणको पत्र दर्ता गराएका थिए । निवेदनमा एन्फा अध्यक्ष शेर्पा स्वेच्छाचारी ढंगले पूर्वाग्रह राखी, व्यक्तिगत लाभ हासिल गर्दै तथा एन्फा र समग्र फुटबलको हित विपरित कार्य गर्दै आएको आरोप लगाएको छ । शेर्पाका कार्यहरु नेपालको कानुन विपरित, फिफा, एएफसी र एन्फाको विधान विपरित रहेको निवेदनमा उल्लेख छ ।
एन्फा अध्यक्ष शेर्पाले जेठको सुरुमा बेव अन्तवार्ताका क्रममा तराईमा राष्ट्रियताको कमी रहेको भनाई विवादमा परेको थियो । नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा शेर्पाको राष्ट्रियताको प्रसंग उठाएका थिए ।त्यसमा पनि ४ जिल्लाका अध्यक्षले शेर्पाको अभिव्यक्ति एन्फा विधान र मुलुकी अपराध सहिता ऐन २०७४ समेत विपरित भएको उल्लेख गरेका छन् ।
त्रिपुरेश्वरको राखेपस्थित आफ्नै कार्यकक्षमा पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा बुझ्ने बताउदै एकिकृत ढंगले एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा व्यक्त गरे ।सोहि विषयमा सांसद प्रदीप यादवले संसदमा शर्पालाई निलम्बन गर्दै छानबिन गर्न माग गरेका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफामा उजुरी गरेका थिए ।
एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो अभिव्यक्तिका लागि माफी मागेका थिए । बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका छन् ।
सोही विज्ञप्तीमा उनले भनेका छन्, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]