default_image

6 years ago

June 7, 2020

‘रोनाल्डोलाई कुट्न लागेपछि खेलाडीले मोउरिन्होलाई छुट्याए’

226 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्हो विश्वका उत्कृष्ट प्रशिक्षकमा पर्छन् । मैदानभित्र उनको रणनीति र चतुर दिमागले टोलीले सफलता हात पारेपनि उनको व्यवहारका कारण भने पटक पटक समस्यामा पर्दै आएका छन् ।

मोउरिन्होले रियल म्याड्रिडमा रहँदा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोसँग गरेको रुष्ट व्यवहारले पछिल्लो समय निकै चर्चा पाएको छ रियलका मिडफिल्डर लुका मोड्रीचले आत्मकथामा उल्लेख गरेको उक्त घटनाले धेरैलाई आश्चर्यमा पारेको छ । मोड्रीचले सन् २०१३ मा कोपा डेल रे को एक खेलमा मोउरिन्होले रोनाल्डोलाई गरेको व्यवहारबारे चर्चा गरेका छन् ।

सन् २०१२ मा टोटेनहम छोडेर मोड्रीच रियल म्याड्रिड पुगेका थिए । त्यसबेला मोउरिन्होले रोनाल्डोसँग मिलेर रियलमा सन् २०११-१२ को स्पेनिस ला लिगा उपाधि जितेका थिए । लगत्तै सिजनमा कोपा डेल रे जित्नु रियलले आफ्नो लक्ष्य बनाएको थियो । मोउरिन्हो र रोनाल्डो रियालमा ३ वर्ष सँगै रहेपनि अन्त्यतिर भने दुईको सम्बन्ध केहि बिग्रिएको चर्चा चलेको थियो । मोउरिन्होको प्रशिक्षणमा रोनाल्डोले १ सय ६ खेलमा १ सय २० गोल गरेका थिए ।

मोड्रीचका अनुसार खेलमा रियल २-० ले अगाडी रहेपनि मोउरिन्होले रोनाल्डोलाई पहिलो हाफ चल्दै गर्दा मैदानमा गाली गरेका थिए । थ्रो-इन गर्दा रोनाल्डोले विपक्षी खेलाडीलाई दबाब नदिएको कारण मोउरिन्हो रुष्ट बनेका थिए ।

त्यसबेला मैदानमा नै मोउरिन्होले रोनाल्डोलाई बोलाएर गाली गरेका थिए । रिसले चुर भएका मोउरिन्होले हाफ टाइममा ड्रेसिङ रुमभित्र रोनाल्डोमाथि गरेको व्यवहारले मोड्रीच आश्चर्यमा परेको बताए ।

Mourinho

‘ रोनाल्डोसँग गरेको मोउरिन्होको व्यवहार मलाई आश्चर्यजनक लाग्यो ।  हामी २-० ले अग्रता लिँदा रोनाल्डोले थ्रो-इनमा विपक्षी खेलाडीलाई लखेटेनन् भनेर मोउरिन्हो रिसाएका थिए,’ उनले लेखेका छन्, ‘ मैदानमा हुँदा नै रिसले चुर भएका मोउरिन्होले हाफ टाइममा पनि छोडेनन् । रोनाल्डो रुन लागिसकेका थिए ।’

‘मोउरिन्होले ड्रेसिङ रुममा छिर्नेबितिकै रोनाल्डोको जिम्मेवारी बारे बखान गर्न थाले उनी यति आक्रामक भए कि अन्य खेलाडीले गएर उनलाई रोनाल्डोबाट छुट्टयाएपछि मात्र साँच्चै झगडा टरेको थियो । मोउरिन्हो निकै रिसाएका थिए र रोनाल्डोले आफूले सकेसम्म राम्रो खेलिरहेको भन्दै आँशु मात्र झार्न सकेनन् ।’

मोउरिन्होले उक्त सिजन सकिएपछि नै रियल म्याड्रिड छाडेर प्रिमियर लिग फर्किएका थिए रियल छोडेर पुरानो क्लब चेल्सी फर्केका मोउरिन्हो त्यसपछि म्यानचेस्टर युनाइटेडमा पुगे युनाइटेडमा लामो समय टिक्न नसकेका उनी हाल अर्को इंग्लिस क्लब टोटेनहम हट्सपरको प्रशिक्षक छन्

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.