6 years ago
June 17, 2020
एजेन्सी – युरोपियन फुटबल महासंघ (युइएफए)ले युइएफए च्याम्पियन्स लिगका बाँकी रहेका आठ खेलहरु ११ दिनमा पोर्चुगलको लिस्वनमा सम्पन्न गर्ने योजना बनाएको छ ।

यो आधिकारिक निर्णय भने होइन । तर, बुधबार हुने युइएफएको बोर्ड बैठकमा यो प्रस्ताव पेस गरिनेछ । जसमा धेरै सदस्यहरु सहमत हुने बुझिएको छ । युइएफएका एक पदाधिकारीका अनुसार यो प्रस्तावमा सबैजना सहमत हुने देखिएका छन् ।
यसअघि यो सिजनको च्याम्पियन्स लिगको फाइनल टर्कीको इनतानबुलमा खेलाउने तालिका रहेपनि असम्भव भएको हुँदा २०२१ को फाइनल खेल इस्तानबुलमा खेलाइने छ । गत मार्चमा कोरोना भाइरसका कारण स्थगित भएको च्याम्पियन्स लिग र युरोपा लिगका अन्तिम १६ का बाँकी रहेका खेलहरु तोकिएको मैदानमा हुनेछन् ।

त्यसपछि यसपटक प्रतियोगिताको ढाँचा नै परिवर्तन गरि खेलाइनेछ । जसमा क्वाटरफाइनलबाट एउटा लेग मात्र खेल हुनेछ । यसअघि होव एण्ड अवेमा हुँदै आएकोमा अब एउटा खेलबाट नतिजा छिनोफानो हुनेछ ।
१२ अगष्ट देखि १५ अगस्टसम्म क्वाटरफाइनल, १८ र १९ अगस्टमा सेमिफाइनल र २३ अगसटमा फाइनल खेलाउने योजना छ । सबै खेल लिस्वनमा नै हुनेछ ।

खेलहरु लिस्वनको दुई फरक (बेन्फिका र स्पोर्टिङ लिस्वन) को मैदानमा हुनेछ । यो योजना अबलम्बन गर्दा प्रतियोगितामा ६ खेल कम हुनेछ । बन्द रंगशालामा हुने भनिएपनि पोर्चुगल सरकारले स्वीकृति दिएमा केहि प्रतिशत दर्शक राखिने युइएफएले जनाएको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन क्लब एटलान्टा, स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब आरबी लाइप्जिग क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड (१–२), इंग्लिस क्लब चेल्सी र जर्मन क्लब बायर्न म्युनिख (०–३), इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोन (०–१) तथा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नेपोली (१–१) बीच प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल बाँकी रहेका छन् । प्रि–क्वाटरफाइनलका बाँकी रहेका चार खेलहरु ७ र ८ अगस्टमा तोकिएको मैदानमा हुनेछन् ।

युरोपा लिगका बाँकी रहेका खेल पनि यही पद्धतिमा हुनेछन् । युरोपा लिग अगष्ट १० बाट जर्मनीमा खेलाइने तयारी भएको छ । त्यसअघि प्रि–क्वाटरफायनलका दोस्रो लेगका बाँकी खेल हुनेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]