default_image

6 years ago

June 16, 2020

बायर्नलाई आज नै च्याम्पियन बन्ने अवसर

124 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा आजदेखि ३२औं चरणको खेलहरु सुचारु हुँदैछ । शीर्षस्थानको बायर्न म्युनिखको खेलसँगै आज राति चार खेल हुनेछ । लिग लिडर बायर्नले वेर्डर ब्रेमेनको भ्रमण गर्दैछ ।

खेल ब्रेमेनको मैदानमा राति १२ः१५ बजे हुनेछ ।  यो महत्त्वपूर्ण खेलमा जित हात पार्दै बायर्न दुई खेल अगावै लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्नेछ । बुन्डेस लिगामा तीन चरणको खेल बाँकी रहँदा बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ७ अंकले पछि पारेको छ ।

बराबरी या हारले बायर्नले उपाधिको लागि अर्काे खेल अथवा डर्टमुन्डको खेल कुर्नुपर्ने हुन्छ । त्यसैले बायर्न कुनै गल्ती नगर्दै ब्रेमेनलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रिनेछ । बायर्न २०१२/१३ को सिजनदेखि लगातार च्याम्पियन बन्दै आएको छ । सर्वाधिक २८ पटक बुन्डेसलिगा जितेको बायर्न मंगलबार राति उपाधि आफ्नो बनाउन चाहन्छ ।

कोरोना भाइरसले स्थगित लिग सुचारुपछि अपराजितर रहेको बायर्नका लागि बुधबार स्टार खेलाडीद्धय रोवर्ट लेवान्डोस्की र थोमस मुलर उपलब्ध हुनेछन् । उनीहरु दोहोरो पहेंलो कार्डका कारण अघिल्लो खेलमा प्रतिबन्धमा रहेका थिए।  यता, ब्रेमेन घरेलु मैदानमा बायर्नविरुद्ध अप्रत्यासित जित निकाल्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । पुछारबाट दोस्रो स्थानमा रहेको ब्रेमेनको २८ अंक छ ।

बुन्डेसलिगाको अन्य खेलमा बोरुसिया मुन्चेनग्लाडवाकले वल्फ्सवर्गसँग, फ्राइबर्गले हर्था बर्लिनको तथा युनियन बर्लिनले पाडेरवर्नको सामना गर्दैछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.