default_image

6 years ago

June 16, 2020

बार्सिलोनालाई लेगानेसको चुनौती

149 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज (मंगलबार) राति तीन खेल हुँदैछ । शीर्षस्थामा रहेको क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा रेलिगेसन क्षेत्रमा रहेको लेगानेसको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार राति १ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा बार्सिलोना सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ । अघिल्लो खेलमा मालोर्कामाथि ४–० को सहज जित निकालेको बार्सिलोना सोही जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान उत्रनेछ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाको २८ खेलमा ६१ अंक छ । लेगानेसलाई पराजित गरे बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडलाई ५ अंकले पछि पार्नेछ । रियलले बिहीबार राति घरेलु मैदानमा भ्यालेन्सियासँग खेल्दैछ । रियलको ५९ अंक रहेको छ ।

टोलीका सबै खेलाडीहरु कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज, एन्टोइन ग्रिजमन, इभान राकिटिच, मार्टिन ब्रेथवेट र जेरार्ड पिके पुर्ण रुपमा फिट रहँदा क्लेमेन्ट लेङ्लेटले टोलीमा पूनरागमन गर्न सक्छन् । चोटका कारण मिडफिल्डर फ्रान्की डि जोङले खेल्ने सम्भावना न्यून छ । प्रशिक्षक सेटिनले थकान महसुस हुन नदिन अघिल्लो खेलबाट केहि परिवर्तन गर्ने बताएका छन् ।

यता, लेगानेस बार्सिलोनासँग कम्तीमा पनि अंक खोस्ने रणनीतिमा हुनेछ । लेगानेस २३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । यि दुई टोलीको पछिल्लो १० खेलको नतिजा हेर्दा बार्सिलोनाले ९ खेलमा जित हात पार्दा लेगानेसले १ खेलमा जित निकालेको छ ।

लेगानेसले सन् २०१८ को ला लिगामा बार्सिलोनालाई २–१ ले पराजित गरेको थियो । गत जनवरीमा भएको कोपा डेल रेमा बार्सिलोनाले लेगानेसलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो । ला लिगा अन्तर्गत अन्य खेलमा गेटाफेले एस्पान्योलसँग तथा भिल्लारियलले रियल मालोर्कासँग खेल्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.