6 years ago
June 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– फिफा विश्व कप र एसियन कपको छनोट अन्तर्गत घरेलु मैदानमा असोजमा हुने खेलका लागि नेपाली टोलीको तयारी यसै महिनाबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको मंगलबार बसेको आपतकालिन बैठकले असोजमा दशरथ रंगशालामा हुने विश्व कप छनोटका लागि जुलाई (असार १७ गते देखि साउन १६ गते भित्र) महिनाबाट प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।
‘प्रशिक्षण सञ्चालनका लागि एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशन अनरुप सम्बधित निकायहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप), स्वास्थ्य मन्त्रालय, खेलकुद मन्त्रालयबाट समेत आवश्यक स्वीकति लिइन मात्र सञ्चालन गर्ने तथा आवश्यकता अनुसार निकायमा चाडै पत्राचार गरि स्वीकृति लिने निर्णय गरियो ,’ एन्फाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
एएफसीले केहि दिनअघि स्थगित खेलहरुको नयाँ तालिका सार्वजनिक गरेको थियो । कोरोना भाइरस कोभिड १९ का कारण एएफसीले आफ्ना सबै प्रतियोगिता स्थगित गरेको थियो । विश्व कप छनोट अन्तर्गत नेपालले ३ वटा होम म्याच दशरथ रंगशालामा खेल्न बाँकी छन् ।
नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ गते ले चाइनिज ताइपेइसँग खेल्नेछ । त्यसको ५ दिनपछि असोज २७ गते नेपाली टोलीले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै कार्तिक २७ गते जोर्डनसँग खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछन् ।
विश्व कप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित निकालेको थियो । नेपालले एक मात्र खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए । ५ राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ ।
यसैबीच, एन्फाले राष्ट्रिय फुटबल टोली महिला ३५ र पुरुष ७० गरित ७० खेलाडीको कोडिभ १९ को लागि विमा गर्ने निर्णय गरेको छ । एन्फाले यसअघि तीन नै ७० खेलाडीलाई जनही १५ हजार डाइट खर्चका रुपमा सहयोग दिने निर्णय गरेको थियो ।
बैठकले टासी घलेलाई एन्फाको मानार्थ अध्यक्षमा पुनः मनोनयन गरेको छ । एन्फा बैठकले छानविन समितिको प्रतिवेदनका आधार देखाउँदै भक्तपुर जिल्ला फुटबल संघलाई पूर्न गठन गरेको छ । किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला तदर्थ समिति गठन गरेको हो । एन्फाले विज्ञप्ती जारी गर्दै कोभिड १९ का कारण सरकारले गरेको लकडाउनको पूर्ण रुपमा अन्त्य भए पश्चातको ६ महिना भित्रको कार्यदेश रहने गरि तदर्थ समिति गठन गरेको उल्लेख गरेको छ ।
तदर्थ समितिको उपाध्यक्षमा अनिल हेक्का, विकास थापा छन् भने सदस्यमा प्रविण लाखेमरु, राजेश श्रेष्ठ, रोशन श्रेष्ठ, हरिकृष्ण सहकल, रामुकार लोहला, रुपेश धौवन्जार, सुरेन्द्र भाषिमा, सुरेन्द्र प्रजापति, कृष्णचन्द्र चक्रधर र सुमन थापा छन् ।
सोही बैठकले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङका विषयमा छानविन गर्न गठित समितिको संयोजकमा वीरबहादुर खड्कालाई मनोनयन गरेको एन्फाले जनाएको छ । यसअघिका संयोजक एन्फाका केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठले कोभिड १९ को महामारी र व्यक्तिगत स्वास्थका कारण राजीनामा दिएकोले रिक्त पदमा खड्कालाई मनोनय गरिएको हो ।
अध्यक्ष गुरुङ आर्थिक मामिलामा विवादमा परेका छन् । गत वर्ष नै एन्फा कास्कीले मनोनित उपाध्यक्षलाई कार्यवहाक अध्यक्ष तोकेपनि गुरुङ नै अध्यक्षका हैसियतमा काम गर्दै आएका छन् ।
एन्फा कार्यसमितिको निर्णयहरु :

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]