default_image

6 years ago

June 16, 2020

हेक्काको अध्यक्षमा भक्तपुर एन्फा पूर्नगठन

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– छानविन समितिको प्रतिवेदनका आधार देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार भक्तपुर जिल्ला फुटबल संघलाई पूर्न गठन गरेको छ । अध्यक्ष कर्मा छिरिङको अध्यक्षमा मंगलबार बसेको एन्फा कार्यसमितिको आपकालिन बैठकले किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला तदर्थ समिति गठन गरेको हो ।

एन्फाले विज्ञप्ती जारी गर्दै कोभिड १९ का कारण सरकारले गरेको लकडाउनको पूर्ण रुपमा अन्त्य भए पश्चातको ६ महिना भित्रको कार्यदेश रहने गरि तदर्थ समिति गठन गरेको उल्लेख गरेको छ । तदर्थ समितिको उपाध्यक्षमा अनिल हेक्का, विकास थापा छन् भने सदस्यमा प्रविण लाखेमरु, राजेश श्रेष्ठ, रोशन श्रेष्ठ, हरिकृष्ण सहकल, रामुकार लोहला, रुपेश धौवन्जार, सुरेन्द्र भाषिमा, सुरेन्द्र प्रजापति, कृष्णचन्द्र चक्रधर र सुमन थापा छन् ।

गौतम सुजखुको अध्यक्षमा रहेको कार्यसमितिलाई एन्फाले कारवाही गर्नुपर्ने थ्रुपै कारण उल्लेख गरेको छ । २०७६ साउन १४ गते आपतकालिन समितिको बैठकबाट गठित छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारवाही गरेका जनाएको छ । एन्फाको निर्देशन नियमावली र कानुनी प्रक्रिया समेतको उल्लंघन गरि जिल्ला लिग समेत सञ्चालन गरेको, विधान अनुसार क्लब दर्ता नभएको र क्लब संख्या समेत नपुर्याई जिल्ला संघको गतिविधि सञ्चालन गरेको पाइएकाले एन्फाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै क्लब दर्तामा कानुनी प्रक्रिया पुरा नगरेको, टिम दर्ता एवंम नविकरण नगरेको, आफु अनुकुलको रकम उल्लेख गयर निर्देश र नियम विपरित तवरले रकम उठाई लिग सञ्चालन गरेको तथा जिल्ला लिग सञ्चालनमा प्रक्रियागत त्रुटी समेत रहेको पाइएको विज्ञप्तीमार्फत जनाएको छ ।

सुजखु काठमाडौं, ललितपुर र धादिङ जिल्ला अध्यक्षसँगै एन्फा र एन्फा अध्यक्ष कर्मा छिरिङका विरुद्ध विभिन्न निकायमा उजुरी गर्दै आएका छन् । कतिपयले भक्तपुर जिल्ला पूर्नगठनलाई त्यो सँग जोडेर पनि हेरेका छन् । ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई पनि एन्फाले अनुसासनको कारवाही गर्दै अर्को साधारण सभा सम्मका लागि निलम्बन गरेको थियो ।

सोही बैठकले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङका विषयमा छानविन गर्न गठित समितिको संयोजकमा वीरबहादुर खड्कालाई मनोनयन गरेको एन्फाले जनाएको छ । यसअघिका संयोजक एन्फाका केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठले कोभिड १९ को महामारी र व्यक्तिगत स्वास्थका कारण राजीनामा दिएकोले रिक्त पदमा खड्कालाई मनोनय गरिएको हो । अध्यक्ष गुरुङ आर्थिक मामिलामा विवादमा परेका छन् । गत वर्ष नै एन्फा कास्कीले मनोनित उपाध्यक्षलाई कार्यवहाक अध्यक्ष तोकेपनि गुरुङ नै अध्यक्षका हैसियतमा काम गर्दै आएका छन् ।

बैठकले असोजमा दशरथ रंगशालामा हुने विश्व कप छनोटका लागि जुलाई महिनाबाट राष्ट्रिय फुटबल टोलीको तयारी सुरु गर्ने पनि निर्णय गरेको छ । त्यसका लागि सम्बन्धित सबै निकायसँग सहकार्य गर्ने पनि उल्लेख गरेको छ । त्यस्तै बैठकले टासी घलेलाई पुनः एन्फाको मानार्थ अध्यक्षमा मनोनयन गरेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.