6 years ago
June 16, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय सदस्य रमेश रायमाझी फरक भूमिकामा दुई वर्षपछि एन्फा फर्केका छन् । उनलाई एन्फाले लिग समितिको सह संयोजकको जिम्मेवारी दिएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले मंगलबार रायमाझीलाई सह संयोजकको मनोनयन पत्र हस्तान्तरण गरेका थिए । यसअघि दुई कार्यकाल एन्फा कार्यसमिति सदस्य रहेको रायमाझी दुई वर्षअघि भएको निर्वाचनमा सदस्यमा पराजित भएका थिए ।
फरक जिम्मेवारीमा एन्फा फर्कदा खुसी लागेको जनाउँदै रायमाझीले भने, ‘म सधै एन्फा परिवार भित्रकै थिए । लामो समय फुटबलमा काम गरेको अनुभवका आधारमा पनि एन्फाले दिएको जिम्मेवारी निर्वाह गर्न प्रयास गर्नेछु । नेपाली फुटबल विकास नै हामी सबैको एक मात्र उद्देश्य हो । त्यसमा म सहयोगी हुन सक्छु भने म जुन भूमिकामा पनि काम गर्न तयार छु ।’

११ सदस्यीय लिग समितिको संयोजकमा पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्मा रहेका छन् । रायमाझीले पछिल्लो लिगमा दर्शकको संख्या घट्नु केहि निराशाजनक भएको उल्लेख गर्दै भने, ‘लिगमा कसरी दर्शक बढाउन सकिन्छ, फुटबललाई थप लोकप्रिय र व्यवासयिक बनाउनका लागि आफ्नोतर्फबाट हरसम्भव प्रयास गर्नेछु । ‘
८ वर्ष एन्फा कार्यसमितिमा रहँदा रायमाझी फुटबल समिति र अतिथि सत्कार समितिको संयोजक रहेका थिए । त्यस्तै उनले पटक पटक राष्ट्रिय टोलीको व्यवस्थापकको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]