default_image

6 years ago

June 17, 2020

बार्सिलोनाले लेगानेसलाई हरायो

178 views

0 Bookmark

एजेन्सी – साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती लेगानेसविरुद्ध जित हासिल गरेको छ । घरेलु मैदानमा २-० को जितसँगै बार्सिलोनाले लिग तालिकाको शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ ।

क्याम्प नोउमा भएको खेलको सुरुवाती समयमा लेगानेसले आक्रमणमा धेरै अवसर बुनेपनि बल पोसेसनमा दबाब बनाएको बार्सिलोनाले अन्त्यतिर अग्रता लिएको थियो । सुरुवाती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा लेगानेसले त्यसको महँगो मूल्य चुकाउनु पर्यो ।

मिगुएल एन्जल गुरेरोले २ मिनेटको अन्तरमा २ अवसर सदुपयोग गर्न नसक्दा पाहुना टोली लेगानेसले अग्रता लिनबाट चुकेको थियो । १२ औं मिनेटमा गुरेरोको प्रहारलाई क्लेमेन्ट लेङलेटले गोललाइनबाट क्लियर गरेका थिए । पेनाल्टी क्षेत्रभित्र लगातार तीन अवसर पाएको लेगानेसले अन्त्यमा गोलरक्षकलाई बिट गरेपनि गोल गर्न भने सकेन । त्यसको दुई मिनेटमा नै गुरेरोको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

खेलको ४१ औं मिनेटमा बार्सिलोनाले अन्सु फातीको गोलमा अग्रता लिएको थियो । जुनिअर फिर्पोको पासलाई पेनाल्टी क्षेत्रको ठिक भित्र रहेका फातीले पहिलो टचमा नियन्त्रण गर्दै दोस्रो टचमा उत्कृष्ट फिनिस गरेका थिए । ४४ औं मिनेटमा सर्जी रोबर्टोको क्रसमा लिओनेल मेस्सीको हेडरले पोस्टको दिशा लिन सकेन ।

दोस्रो गाफ्को ६४ औं मिनेटमा एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन् । त्यसको ४ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो । लेगानेसका डिफेन्डरले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले दिएको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेका थिए ।

खेलको ८७ औं मिनेटमा आर्टुरो भिडालको थ्रु पासमा रिकी पुजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक क्वेलारले बचाए । त्यसै बचाउपछिको कर्नरमा आएको रिबाउन्डमा पुजको प्रहार पुन: गोलरक्षकले विफल पारे । लगत्तै अर्कोतर्फ बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले पनि केभिनको फ्रिकिकमा उत्कृष्ट बचाउ गरे ।

इन्ज्युरी समयमा लुइस सुआरेजले बललाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्न नसक्दा बार्सिलोनाले अग्रता लिने अवसर गुमायो । लगत्तै रेफ्रीले बेन्चमा अभद्र व्यवहार देखाएको भन्दै लेगानेसका प्रशिक्षक जाभिएर अगिर्रेलाई रातो कार्ड देखाए ।

यस जितसँगै बार्सिलोनाले २९ खेलमा ६४ अंक बनाएको छ । दोस्रो स्थानको रियल म्याड्रिडले २८ खेलमा ५९ अंक बनाएको छ । रियलले बिहीबार भ्यालेन्सियाको सामना गर्नेछ । लेगानेस भने २९ खेलमा २३ अंक जोड्दै अंक तालिकाको पुछारमा नै रहेको छ ।

यो पनि पढ्नुहोस : बायर्न म्युनिखलाई जर्मन बुन्डेसलिगा उपाधि

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.