default_image

6 years ago

June 17, 2020

मोन्चेनग्लाडवाकको सहज जित, पाडेरवर्न रेलिगेसनमा

118 views

0 Bookmark

एजेन्सी – बोरुसिया मोन्चेनग्लाडवाकले सहज जित दर्ता गर्दै जर्मन बुन्डेस लिगाको चौथो स्थानमा उक्लदा पाडेरवर्न रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ ।

बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा मंगलबार राति भएको खेलमा घरेलु वल्फ्सवर्गमाथि ३–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लिन सफल भएको हो । मोन्चेनग्लाडवाकको जितमा जोनास हफमनले दुई तथा लार्स स्टिनडिलले एक गोल थपे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो ।

खेलको ११औं मिनेटमा जोनासले ब्रल इम्वोलोको पासमा गोल गर्दै घरेलु टोलीलाई अ‍ेलमा अग्रता दिलाएका थिए । ३०औं मिनेटमा म्याथियस जिन्टरको पासमा जोनासले व्यक्तिगत दोस्रो गोल गरेपछि मोन्चेनग्लाडवाकले पहिलो हाफमा २–० को अग्रता बनायो ।

६५औं मिनेटमा लार्स स्टिनडिलले गोल गर्दै मोन्चेनग्लाडवाकलाई ३–० को सहज जित दिलाए । जितसँगै तेस्रो स्थानमा उक्लिएको मोन्चेनग्लाडवाकको ३२ खेलबाट ५९ अंक पुगेको छ । मोच्नेनग्लाडवाकले एक खेल कम खेलेको बायर लिभरकुसनलाई २ अंकले पछि पारेको हो । लिभरकुसनको ५७ अंक छ । पराजित वल्फ्सवर्ग ४६ अंक जोडेर छैटौ स्थानमा यथावत छ ।

यस्तै युनियन बर्लिनसँग १–० ले पराजित भएसँगै पाडेरवर्न दुई खेल बाँकी छदै रेलिगेसनमा परेको छ । पाडेरवर्न शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजन नै रेलिगेसनमा परेको हो । गत सिजन बुन्डेसलिगा २ बाट दोस्रो स्थानमा रहँदै पाडेरवर्न शीर्ष डिभिजनमा बढुवा भएको थियो ।

खेलको २७औं मिनेटमा बिन जोलिन्स्कीले गरेको आत्मघाती गोल नै बर्लिनको जितमा निर्णायक बन्यो । अब बाँकी रहेको दुई खेलमा जित हात पारेपनि पाडेरवर्नलाई शीर्ष डिभिजनमा रहिरहन पर्याप्त बन्ने छैन । पाडेरवर्नको ३२ खेलबाट २० अंक छ । जुन १७औं स्थानको वेर्डर ब्रेमेनको भन्दा ८ अंक कम हो । यस्तै फ्रेइवर्गले हेर्था बर्लिनमाथि २–१ को जित निकाल्दै महत्वपुर्ण ३ अंक जोडेको छ ।

मंगलबार राति नै बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि १–० को जित निकाल्दै दुई खेल बाँकी छदै लगातार आठौंपटक जर्मन बुन्डेसलिगाको उपाधि जितिसकेको छ । १० खेलाडीमा समेटिएको बायर्नको जितमा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.