default_image

6 years ago

June 20, 2020

आर्सनल र ब्राइटन खेल्दै

163 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति ३०औं चरण अन्तर्गत विभिन्न चार खेल हुँदैछ । यो सिजन मध्यम प्रदर्शन गरिरहेको आर्सनल ब्राइटन एण्ड होभ अल्वियोन भ्रमण गर्दैछ ।

खेल ब्राइटनको मैदानमा नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुदैछ । यस्तै तेस्रो स्थानमा रहेको लेस्टर सिटीले रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको वाट्फोर्डसँग तथा वेस्टह्याम युनाइटेड तथा वल्भ्सबीच प्रतिस्पर्धा हुदैछ ।

प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्ट सिटीसँग ३–० ले पराजित भएको आर्सनल कोरोनापछि पहिलो जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा मैदान उत्रनेछ । आर्सन्ल ४० अंक जोडेर नवौं स्थानमा छ । ब्राइटन २९ अंक जोडेर १५औं स्थानमा छ ।

पिएरे इमरिक औवामियाङ, निकोलस पेपे, एलेक्ससान्द्रे लाकजेट, ड्यानियल सेवालस, हेक्टर बर्लिन र गोलरक्षक बन्ड लेनो आर्सनलको टोलीमा हुनेछन् । प्रतिबन्धका कारण सेन्टरब्याक डेभिड लुइज ब्राइटनविरुद्ध टोलीमा हुनेछैन ।

यस्तै अर्काे खेलमा लेस्टर सिटीले वाट्फोर्डसँग उसैको मैदानमा खेल्नेछ । तेस्रो स्थानको लेष्टर घरेलु टोलीलाई हराएर अर्काे सिजनको च्याम्पियन्स लिगको यात्रालाई थप मजवुत बनाउन चहान्छ । लेष्टरको ५३ अंक छ । रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको वाट्फोर्ड लेस्टरलाई स्तब्ध पार्दै रेलिगेसन जोनबाट टाढा रहने लक्ष्यमा हुनेछ ।

वाट्फोर्ड २७ अंक जोडेर १७औं स्थानमा छ । वाट्फोर्डभन्दा मुनि रहेको बर्नमाउथको पनि समान २७ अंक नै छ । एस्टन भिल्लाको २६ तथा नर्विच सिटीको २१ अंक छ ।

अन्य खेल

वाट्फोर्डविरुद्ध लेस्टर सिटी (साँझ ५ः१५ बजे)

वेस्टह्यामविरुद्ध वल्भ्स (राति १०ः१५ बजे)

बर्नमाउथविरुद्ध क्रिस्टल प्यालेस (राति १२ः३० बजे)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.