default_image

6 years ago

June 20, 2020

लेस्टर र वाटफर्डको रोमान्चक बराबरी

123 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा लेस्टर सिटी र वाटफर्ड बिचको खेल १-१ को बराबरीमा टुंगिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा लेस्टरले खेलको ९० औं मिनेटमा अग्रता लिएपनि जित हासिल गर्न भने सकेन । लेस्टरका लागि बेन चिल्वेलले गोल गरेका थिए । आन्द्रे ग्रेको क्रसमा चिल्वेलले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार टप कर्नरमा सुन्दर गोलमा परिणत भएको थियो ।

लेस्टरको अग्रता दुई मिनेट पनि टिक्न सकेन । इन्ज्युरी समयको तेस्रो मिनेटमा वाटफर्डले क्रेग डसनमार्फत बराबरी गोल फर्कायो । कर्नरबाट आएको पासलाई पेनाल्टी क्षेत्रभित्र क्रिस्टियन काबासेलेले नियन्त्रण गर्न खोज्दा असफल भएपनि डसनको तर्फ गयो । डसनले ६ यार्ड बक्स नजिकबाट एक्रोब्याटिक प्रहार गर्दै वाटफर्डलाई महत्त्वपूर्ण अंक दिलाए ।

यस नतिजाले लेस्टर सिटीको ३० खेलमा ५४ अंक भएको छ । चौथो स्थानको चेल्सीभन्दा लेस्टर ६ अंकले अगाडी छ । वाटफर्ड भने बराबरीले १६ औं स्थानमा उक्लिएको छ । वाटफर्डको ३० खेलमा २८ अंक छ र रेलिगेसन क्षेत्रभन्दा १ अंकमात्र माथि छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.