5 years ago
June 20, 2020
एजेन्सी – फरवार्ड लेवान्डोस्कीले जर्मनीको शीर्ष डिभिजन लिग, जर्मन बुन्डेसलिगामा नयाँ कीर्तिमान कायम गर्दा लिग च्याम्पियन बनिसकेको बायर्नले शनिबार घरेलु मैदान आलियान्ज रंगशालामा फ्राइबर्गलाई ३-१ ले पराजित गरेको छ ।

खेलको १५ औं मिनेटमा बायर्नले जोशुआ किमिचको गोलमा अग्रता लिएको थियो । लेवान्डोस्कीको पासमा किमिचले पेनाल्टी क्षेत्रको बीच भागबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । २४ औं मिनेटमा बायर्नले अग्रता दोब्बर पार्यो । लिओन गोरेट्जकाको प्रहारलाई गोलरक्षक एलेक्जेन्डर सोलोले बचाएपनि रिबाउन्डमा लेवान्डोस्कीले हेडरमार्फत गोल गरे ।
३३ औं मिनेटमा फ्राइबर्गले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । लुकास होलारले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । तर त्यसको ४ मिनेट नबित्दै बायर्नले २ गोलको अग्रता पुन: स्थापित गर्यो । लेवान्डोस्कीले लुकास हर्नान्डेजको पासलाई सदुपयोग गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बायर्नले सहज जित आत्मसात गर्यो । यसक्रममा लेवान्डोस्कीले जारी सिजन आफ्नो गोलसंख्या ३३ गोल पुर्याए । यससँगै उनी जर्मन फुटबलको शीर्ष श्रेणी लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी पनि बने । उनी लिगमा सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् । समग्रमा उनले यो सिजन ४१ खेलमा ४७ गोल गरेका छन् । उनलाई आरबी लाइप्जिगका टिमो वेर्नर (२६) ले पछ्याइरहेका छन् ।
जितसँगै बायर्नले ३३ खेलबाट ७३ अंक पुर्याएको छ । पराजित फ्रेइवर्ग ४५ अंक जोडेर आठौं स्थनमा रहेको छ ।
अन्य नतिजाहरु
एफसी कोल्नविरुद्ध आइनट्राख्ट फ्रान्कफर्ट (१–१)
फोर्टुना डुसेलडर्फविरुद्ध अग्सवर्ग (१–१)
हेर्था बर्लिनविरुद्ध बायर लिभरकुसन (२–०)
होफेनहाइनविरुद्ध युनियन बर्लिन (४–०)
मेइन्जविरुद्ध वेर्डर ब्रेमेन (३–१)
पाडेरवर्नविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (१–३)
आरबी लाइप्जिगविरुद्ध बोरुसिया डर्टमुन्ड (०–२)
साल्केविरुद्ध वल्फ्सवर्ग (१–४)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]