6 years ago
June 21, 2020
एजेन्सी – लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा ब्राइटन होव अल्वियोनसँग स्तब्ध बनेको छ । आसर्नलले शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ब्राइटनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो ।

दि अमेरिकन एक्प्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा आसर्नललाई स्तब्ध बनाउन लेविस डन्क र निल मोउपेले गोल गरे । आसर्नलका निकोलस पेपेले गरेको गोल सान्त्वना बन्यो ।

बल पोजेसनमा पकड बनाउदै घरेलु टोलीलाई दवावमा राखेपनि आर्सनलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६८औं मिनेटमा बुकायो साकाको पासमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
तर, आर्सनलको त्यो अग्रता लामो समय टिकेन । ७५औं मिनेटमा लेविस डन्कले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयो थप गरिएको पाँचौ मिनेटमा निल मोउपेले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाउदै महत्वपुर्ण ३ अंक लिन सफल भए ।

कोरोनापछि आसर्नलको यो लगातार दोस्रो हार हो । यसअघि आर्सनल म्यानचेस्टर सिटीसँग ३–० ले पराजित भएको थियो । जितसँगै ब्राइटन ३० खेलबाट ३२ अंक जोडेर १५औं स्थानमा उक्लदा आर्सनल ४० अंक जोडेर १०औं स्थानमा झरेको छ ।
यस्तै प्रिमियर लिगको अर्काे खेलमा वल्भ्सले वेस्टह्याममाथि २–० को सहज जित निकाल्दै पाँचौ स्थनमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ । समान ४६ अंक भएपनि वल्भ्स गोल अन्तरमा छैटौ स्थानमा रहेको हो । हारपछि वेस्टह्याम २७ अंक जोडर १७औं स्थानमा यथावत छ । वल्भ्सको सहज जितमा राहुल जिमिनेज र पेड्रो नेटोले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

यस्तै अर्काे खेलमा क्रिस्टल प्यालेसले एफसी बर्नमाउथमाथि २–० को जित निकालेको छ । बर्नमाउथको जितमा मिलिभोजेभिक र जोर्डन एयुले गोल गरे । जितसँगै प्यालेस ४२ अंक जोडेर नवौं स्थानमा उक्लन सफल हुदा बर्नमाउथ २७ अंक जोडेर रेलिग्सन जोनको १८औं स्थानमा यथावत छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]