6 years ago
June 21, 2020
एजेन्सी – रियल भालाडोलिडमाथि कठिन जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको भालाडोलिडमाथि १–० को कठिन जित निकाल्दै सेभिल्लालाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा भिटोलोले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गो नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले खेलको ८१औं मिनेटमा डिएगो कोस्टाको पासमा सहज गोल गरेका थिए । त्यसअघि खेलको चौथो मिनेटमा नै घरेलु टोलीका गोलरक्षक जान ओब्लाकले उत्कृष्ट बचाउ गर्दै भालाडोलिडको सम्भावित अग्रता टारेका थिए ।
छैटौ मिनेटमा जोओ फेलिक्सले अवसर खेर फाल्दा एट्लेटिको अग्रता लिनबाट चुक्यो । २३औं मिनेटमा फेलिक्स पुनः चुके । दोस्रो हाफमा पनि एट्लेटिकोले गोलको अवसर सिर्जना गरेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ५५औं मिनेटमा थोमस लेमार चुक्दा एट्लेटिकोले अग्रता लिन सकेन । ७०औं मिनेटमा डिएगो कोस्टाले गोल गरेपनि उनी अफसाइड ठहरिए ।

८०औं मिनेटमा कोकीको फ्रिकिकलाई थोमस लेमारले प्रयास गरेपनि भालाडोलिडका गोलरक्षक जोसे एन्टोनियो कारो बाधक बने । त्यसको एक मिनेटपछि नै सब्सिच्युट भिटोलोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । भिटोलो ७३औं मिनेटमा मार्काेस लोरेन्टेको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको १–० ले विजयी हुन सफल भयो ।
जितसँगै एट्लेटिकोको ३० खेलबाट ५२ अंक पुगेको छ । समान ५२ अंक रहेपनि सेभिल्ला गोल अन्तरमा पछि रहँदै चौथो स्थानमा झरेको छ । भालाडोलिड ३३ अंक जोडेर १५औं स्थानमा छ ।
यस्तै अर्काे खेलमा लेभान्टेले स्पान्योललाई ३–१ ले तथा एथ्लेटिको विल्वाओले रियल बेटिसलाई १–० ले पराजित गर्दा गेटाफे र एइवरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]