6 years ago
June 21, 2020
एजेन्सी – कोरोना महामारीपछि शनिबार देखि शुरु भएको इटालियन सिरी ‘ए’ मा हेलास भेरोनाले जित निकाल्दा पार्माले टोरिनोसँग बराबरी खेल्दै अंक बाँडेका छन् ।

१० खेलाडीमा समेटिएको हेलास भेरोनाले काग्लिएरीमाथि २–१ को जित निकालेको हो । घरेलु मैदानमा शनिबार राति भएको खेलमा भेरोनाको जितमा दुवै गोल स्यामुल डि कार्मिनले गोल गरे । काल्गिएरीका जियोभानी सिमिओनले एक गोल फर्काए ।
खेलको १४औं मिनेटमा डार्काे लाजोभिकको पासमा स्यामुल डि कार्मिनले गोल गर्दै भेरोनालाई शुरुवाती अग्रता दिलाए । २६औं मिनेटमा कार्मिनले नै गोल गर्दै भेरोनाको अग्रता दोब्बर पारे । कार्मिनले यसपटक भालेरियो भेरेको पासमा गोल गरेका थिए ।

३५औं मिनेटमा भेरोना १० खेलाडीमा समेटियो । फावियो बोरिनी सिधै रातो कार्ड खादै मैदानबाट बाहिएपछि भेरोनाले ५५ मिनेट १० खेलाडीमा खेल्नुपरेको थियो । ४३औं मिनेटमा जियोभानी सिमिओनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
तर, दोस्रो हाफमा थप गोल निस्कन नसक्दा भेरोना विजयी हुन सफल भयो । जितसँगै भेरोना २६ खेलबाट ३८ अंक जोडेर सातौ स्थानमा उक्लदा काग्लिएरी ३२ अंक जोडेर १२औं स्थानमा यथावत छ ।
अर्काे खेलमा टोरिनो र पार्माले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । टोरिनोका निकोलस एनकोउलोउले गोल गर्दा पार्माका जुराज कुस्काले बराबरी गोल पर्काए । एन्ड्रिया बेलोटीले पेनाल्टी चुकाउदा टोरिनो जितबाट वञ्चित बन्यो । बराबरीसँगै पार्मा ३६ अंक जोडेर आठौं स्थानमा रहँदा टोरिनो २८ अंक जोडेर १५औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]