6 years ago
June 21, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको बाँकी खेल क्लबका सर्वाधिक गोलकर्ता एडिन्सन काभनी र डिफेन्डर थोमस म्युनिएरविनै खेल्नुपर्ने भएको छ ।

काभनी र म्युनिएरले थप दुई महिनाको सम्झौता नगर्ने बताएपछि पीएसजीले यि दुई खेलाडीविनै च्याम्पियन्स लिगको बाँकी खेल खेल्नुपर्ने भएको हो । यस्तै अर्काे सेन्टरब्याक ब्राजिली थियागो सिल्भाले पीएसजी छाड्ने बताइसकेका कारण उनले पनि च्याम्पियन्स लिग नखेल्ने सम्भावना छ ।
पीएसजीले कोरोना भाइरस (कोभिड–१९) को महामारी अघि नै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाइसकेको थियो । मार्चमा भएको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । पहिलो लेगमा २–१ ले पछि परेपनि दोस्रो लेगमा २–० को जितसहित समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको थियो ।
युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले यो सिजनको च्याम्पियन्स लिग अगस्टमा पोर्चुगलको लिस्वनमा गराउने निर्णय गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगको बाँकी चार खेल ७ र ८ अगस्टमा तथा क्वाटरफाइनल, १२ र १३ अगस्टमा, सेमिफाइनल १८ र १९ अगस्टमा तथा २३ अगस्टमा फाइनल गराउने निर्णय गरेको छ ।

पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दाेले यसअघि क्लबका लेजेन्डद्धय काभनी र सिल्भा फ्रि एजेन्टमार्फत क्लब छाड्ने बताइसकेका छन् । उनीहरु दुवैको सम्झौता यसै जुनको अन्त्यसँगै सकिदैछ । २८ वर्षे बेल्जियन राइट ब्याक म्युनिएर पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमन्डसँग जोडिएका छन् ।
पीएसजीले यसै महिना मात्रै इन्टर मिलानबाट मोउरो इकार्डीलाई स्थायी रुपमा अनुबन्ध गरेपछि काभनी नयाँ गन्तव्यको खोजीमा छन् । उनी गत जनवरीमा इंग्लिस क्लब चेल्सीसँग जोडिएको थियो । इन्टर मिलानका लोउटारो मार्टिनेज स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएको अवस्थामा इन्टरले मार्टिनेजको विकल्पमा काभनीलाई भित्र्याउने योजना बनाएको छ ।
यस्तै सिल्भालाई इंग्लिस क्लब टोटेनहमले अनुबन्ध गर्न चासो देखाएको छ । चोटसँग जुधिरहेको काभनीले यो सिजन पीएसजीका लागि २२ खेलमा ७ गोल गरेका छन् । काभनीले पीएसजीका लागि ३०१ खेलमा २०० गोल गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]