default_image

6 years ago

June 21, 2020

लिभरपुलले एभर्टनको सामना गर्दै

283 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३०औं चरणका चार खेलहरु हुदैछन् । शीर्षस्थानमा रहेको लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र सेफिल्ड युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् ।

उपाधिनजिक रहेको लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टन भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार गुडिसन पार्कमा राति ११ः४५ बजे हुनेछ । घरेलु टोली एभर्टनलाई पराजित गर्दै लिभरपुल उपाधि यात्रालाई थप सहज बनाउने लक्ष्यमा हुनेछ । लिभरपुलको २९ खेलबाट ८२ अंक रहेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा २२ अंकले बढी हो ।

मोहम्मद सलाह, साडियो माने, रोवर्टाे फिर्मिन्हो, जर्जिन्हो विज्नाल्डम, जोर्डन हेन्डरसन, भर्जिल भान डाइक, एन्ड्रिउ रोवर्टसन, टेन्ट एलेक्सजेन्डर अर्नाेल्ड र गोलरक्षक एसिलन बेकरको साथ लिभरपुललाई हुनेछ ।

लिभरपुल पछिल्लो ९ खेलमा एभर्टनसँग पराजित भएको छैन । यसक्रममा लिभरपुलले ६ खेलमा जित र ३ खेलमा बराबरीको नतिजा निकालेको छ । सोही प्रदर्शनलाई लिभरपुल निरन्तरता दिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

एभर्टनसँगको हार या बराबरीले लिभरपुलले उपाधिको लागि अझै बाँकी दुई खेल कुर्नुपर्ने हुन्छ । एभर्टनमाथि जित निकाल्न सके लिभरपुललाई च्याम्पियन बन्न थप एक खेलमा जितको आवश्यकता हुनेछ । लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ ।

यता, एभर्टन पनि घरेलु मैदानमा लिभरपुललाई स्तब्ध पार्दै अंक तालिकालाई सुधार गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ । पछिल्लो खेलमा चेल्सीसँग ४–० को पराजित भएको एभर्टन सो हारलाई बिर्संदै लिभरपुलविरुद्ध जितको लक्ष्यमा रहनेछ ।

बार्सिलोनाका पूर्व खेलाडी आन्द्र गोमेजले लिभरपुलविरुद्धको खेलबाट पूनरागमन गर्न सक्नेछ । उनी चोटका कारण लामो समय मैदान बाहिर छन् । रिचार्लीसन, डोमिनिक काल्भर्ट लेविन, गिल्फी सिगुर्सन, लुकास डिग्ने र गोलरक्षक जोर्डन पिकफोर्ड टोलीसँग हुनेछ । एभर्टन २९ खेलबाट ३७ अंक जोडेर १२औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.