6 years ago
June 21, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले बर्नलीको आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा राति ११ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा बर्नलीलाई पराजित गर्दै सिटी शीर्ष स्थानको लिभरपुललाई लगातार दवाव दिने योजनामा हुनेछ । यद्दपि सिटी लिभरपुलसँग २२ अंकले पछि छ । लिभरपुल एभर्टनसँग पराजित भएको अवस्थामा सिटीले बर्नलीलाई पराजित गर्न सके अंक दुरी १९ मा झार्नेछ । लिभरपुलको उपाधि यात्रालाई थप लम्ब्याउने छ ।
अघिल्लो खेलमा आसर्नलमाथि ३–० को सानदार जित निकालेको सिटी सोही उच्च मनोवलका साथ मैदान उत्रनेछ । रहिम स्ट्रलिङ, रियाद महारेज, ग्याब्रियल जेसस, केभिन डि ब्रुयन, डेभिड सिल्भा, इकेए गुन्डोगान, केएल वाल्कर, बेन्जामिन मेन्डी, फिल फोडेन र सर्जियो अगुइरो जस्ता चर्चित खेलाडीहरुले जुनसुकै बेला पनि नतिजा आफ्नो पक्षमा पार्न सक्नेछ । तर, यो सिजन राम्रो फुटबल खेलिरहेको पछिल्लो पाँच खेलमा अपराजित बर्नलीविरुद्धको खेल सिटीलाई सहज हुनेछैन ।
यता, बर्नली पनि घरेलु टोलीलाई स्तब्ध पार्दै अंक तालिका थप सुधार गर्ने लक्ष्यमा मैदान उत्रनेछ । सिटीलाई पराजित गर्न सके बर्नलीले आर्सनललाई पछि पार्दै १०औं स्थानमा उक्लनेछ । क्रिस वुड, जे रोड्रिग्वेज र बेन मिले खेललाई आफ्नो पक्षमा ल्याउन सक्छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]