6 years ago
June 21, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज आइतबार ३०औं चरणका विभिन्न ३ खेल हुँदैछ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले रियल सोसिडाडको भ्रमण गर्दा सेल्टा डि भिगो र भ्यालेन्सियाले घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

रियल सोसिडाडलाई पराजित गर्न सके रियल म्याड्रिडलाई शीर्ष स्थानमा पुग्ने सुवर्ण अवसर छ । शीर्ष स्थानको बार्सिलोनासँग ३ अंकले पछि रहेको रियलले सोसिडाडलाई पराजित गर्न सके बार्सिलोनासँग अंक बराबरी गर्नेछ र हेड टु हेडमा रियल शीर्षस्थानमा उक्लनेछ । रियलको २९ खेलबाट ६२ तथा बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ । हेड टु हेडमा रियल बार्सिलोनाभन्दा अघि छ । यो सिजन रियलले बार्सिलोनालाई घरेलु मैदानमा २–० ले पराजित गर्दा बार्सिलोनाको मैदानमा गोलरहित बराबरी खेलेको थियो ।
त्यसैले पनि रियल आफ्नो सम्पुर्ण प्रयास सोसिडाडविरुद्धको खेलमा लगाउँदै शीर्षस्थानमा पकड जमाउने दाउमा हुनेछ । हार या बराबरीले रियल दोस्रो स्थानमै सीमित हुनेछ । अघिल्लो खेलमा बार्सिलोना सेभिल्लासँग बराबरीमा रोकिएपछि रियललाई शीर्षस्थानमा पूनरागमन गर्ने अवसर आएको हो ।
मार्च पहिलो साता बार्सिलोनालाई २–० ले पराजित गरेर शीर्षस्थानमा पूनरागमन गरेको रियल त्यसपछि रियल बेटिससाग २–१ ले स्तब्ध बनेपछि दोस्रो स्थानमा झरेको थियो । कोरोनापछिको दुई खेलमा गरेको प्रदर्शनका आधारमा पनि रियलले सोसिडाडलाई सहजै पराजित गर्न सक्नेछ । तर, खेलमा केही भन्न सकिने अवस्था हुँदैन । पछिल्लो खेलमा सोसिडाडसँग पराजित भएका कारण रियल म्याड्रिड सचेत भएर खेल्नेछ ।

कोपा डेल रेको क्वाटरफाइनलमा रियल सोसिडाडसँग ४–३ ले पराजित भएको थियो । सोसिडाडले पनि यो सिजन उच्च प्रदर्शन गरिरहेको छ । सोसिडाड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । सोसिडाडले फाइनलमा एथ्लेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ । मिति तय भएको छैन ।
रियलका लागि करिम बेन्जेमा, इडेन हाजार्ड, मार्काे एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, फेडरिको भाल्भेर्डे, कप्तान सर्जियो रामोस, राफयल भरान र ड्यानियल कार्भाहलले सोसिडाडविरुद्ध शुरुवात गर्न सक्नेछ । चोटको कारण अघिल्लो खेल गुमाएको मार्सेलोले पनि खेल्न सक्नेछन् । सब्सिच्युट खेलाडीको रुपमा भिनिसियस जुनियर, रोड्रिगो र ग्यारेथ बेल सोसिडाडविरुद्ध मैदानमा उत्रने सक्नेछ ।
यता, रियल सोसिडाड घरेलु मैदानमा रियल म्याड्रिडलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । ४७ अंक जोडेर छैटौं स्थानमा रहेको सोसिडाडले रियललाई हराउन सके पाँचौ स्थानमा उक्लनेछ । बराबरी या हारले सोही स्थानमा रहनेछ ।

सोसिडाडको पछिलो पाँच खेलको नतिजा हेर्दा एकरुपताको प्रदर्शन छैन । पाँच खेलमा सोसिडाडले समान दुई जित र र हारको नतिजा निकाल्दा एक खेल बराबरी खेलेको छ । रियलकै मिडफिल्डर मार्टिन ओडेगार्डले रियललाई रोक्ने योजना बनाउनेछन् । अदनान जानुजाज, एलेक्ससन्डर इसाक, मिकेल मेरिनो, विलियन जोसे टोलीको हतियार हुनेछ । जोसेवा जाल्डुवा प्रतिबन्धका कारण रियल म्याड्रिडविरुद्ध टोलीमा हुनेछैन ।
यि दुई टोलीको पछिल्लो २० खेलको नतिजा हेर्दा रियलले १५ खेलमा जित निकाल्दा सोसिडाड ४ खेलमा विजयी हुँदा एक खेल बराबरीमा टुंगिएको छ ।
अन्य खेल :
सेल्टा डि भिगोविरुद्ध डिपोर्टिभो एलाभेस (साँझ ५ः४५ बजे)
भ्यालेन्सियाविरुद्ध ओसासुना (राति ११ः१५ बजे)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]