default_image

5 years ago

June 21, 2020

एलाभेसको पोस्टमा सेल्टाको आधादर्जन गोल

116 views

0 Bookmark

एजेन्सी – लोनमा सेल्टा डि भिगोबाट खेलिरहेका क्याटलान क्लब बार्सिलोनाका ब्राजिली मिडफिल्डर राफिन्हा चम्कदा सेल्टा डि भिगोले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एलाभेसमाथि सेल्टाले ६–० को सानदार जित निकालेको हो । सेल्टाको जितमा राफिन्हाले दुई तथा जेइसन मुरिल्लो, इएगो आस्पास, नोलिटो र सान्टी मिनाले समान एक गोल गरे । पहिलो हाफमा ४ तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

खेलको १४ औं मिनेटमा सेल्टाले जेसन मुरिलोको गोलमा अग्रता लिएको थियो । उनले डेनिस सुआरेजको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए । २० औं मिनेटमा इआगो आस्पासले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । डिफेन्डर जुबोमिर फेज्साले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २७ औं मिनेटमा डिफेन्डर मार्टिन अगिरेगबिरियाले रातो कार्ड पाएपछि अलाभेस १० खेलाडीमा समेटियो ।

बार्सिलोनाबाट लोनमा आएका राफिन्हा आलाकान्टराले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा नै ४-० को अग्रता बनायो । ४० औं मिनेटमा डेनिस सुआरेजको पासमा गोल गर्दै राफिन्हाले सेल्टालाई ३-० ले अगाडी बढाएका थिए । लगत्तै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक रोबर्टोले बचाउन नसक्दा राफिन्हाले व्यक्तिगत दोस्रो गोल दर्ता गरे ।

७८ औं मिनेटमा डिएगो नोलिटोले पेनाल्टीमार्फत गोल गर्दै सेल्टालाई ५-० ले अगाडी बढाए । केभिन भाज्केजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ८६ औं मिनेटमा सान्टि मिनाले गोल गर्दै फराकिलो जित सुनिश्चित गरे । उनले नोलिटोको थ्रु बललाई गोलमा परिणत गरेका थिए ।

यस जितले सेल्टाले रेलिगेसन क्षेत्रको डरबाट केहि राहत पाएको छ । सेल्टा ३० खेलमा ३० अंक जोड्दै १६ औं स्थानमा छ । अलाभेस भने ३० खेलमा ३५ अंकसाथ १३ औं स्थानमा रहेको छ ।

आज राति नै ला लिगाको दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले रियल सोसिडाडको सामना गर्दैछ । सोसिडाडमाथि जित निकाल्न सके रियलले शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्षस्थानमा उक्लनेछ । रियलले बार्सिलोनालाई ‘हेड टु हेड’ मा पछि पार्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.