9 years ago
August 14, 2016
इंगलिश प्रिमिएर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई एमिरेट्स स्टेडियममा ४-३ले हरायो।

सिजनको पहिलो खेलमा आफ्नो मुख्य चार खेलाडीबिना उत्रिएको आर्सनलले सुरुवातमा उत्कृष्टखेल पस्किएपनि खेलसंगै लय गुमाउँदा हार व्यहोरेको हो। थियो वालकटको गोलमा अघि बढेको आर्सनलले पहिलो हाफको अन्त्यतिर बरीबरी गोल खायो। लिभरपुलका फिलिप कुटिन्ह्योले करिब ३०मिटर टाढाबाट विश्वस्तरिय फ्रिकिक प्रहार गरेर गोल गरेका थिए।
दोश्रो हाफमा लिभरपुल झनै आक्रमक भयो र उसले एडम लाल्लानाको गोलले २-१को अग्रता लियो।कुटिन्ह्योले पुन: गोल गर्दै खेललाई ३-१ बनाए भने लिभरपुलका नयाँ खेलाडी साडियो मानेले चौथो गोल थपे।
आर्सनलका लागि वैकल्पिक खेलाडी एलेक्स अक्सलेड च्याम्बरलेन र क्यालम च्याम्बर्सले सान्तवना गोल गरे।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]