5 years ago
June 30, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसला बोस्नियन मिडफिल्डर मिरालेम प्यानिच क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । बार्सिलोनाले सोमबार विज्ञप्ति जारी गर्दै प्यानिचको अनुबन्धन सार्वजनिक गरेको हो ।

प्यानिचले सन् २०२०-२१ को सिजनदेखि बार्सिलोनाबाट खेल्नेछन् । उनी सिजन अन्त्य नहुन्जेल युभेन्टसकै जर्सीमा देखिनेछन् । लियोन र एएस रोमाबाट खेलिसकेका मिडफिल्डर प्यानिच लामो समयदेखि बार्सिलोनाको नजरमा थिए । ३० वर्षीय मिडफिल्डरले बार्सिलोनामा ४ वर्षको सम्झौता गरिसकेका छन् ।
बार्सिलोनाले प्यानिचलाई अनुबन्ध गर्न ६० मिलियन युरो खर्च गरेको हो । उनको प्रदर्शनको आधारमा थप ५ मिलियनसम्म युभेन्टसले प्राप्त गर्नेछ । बार्सिलोनाले आर्थिक रुपमा सबल बन्नका लागि यो साझेदारी गरेको आरोप पनि लाग्दै आएको छ । युवा आर्थरलाई युभेन्टस पठाएर अनुभवी तर उमेरले ३० वर्ष पुगेका प्यानिच अनुबन्ध गर्दा समर्थकहरु रुष्ट भएका छन् ।
यसअघि सोमबार नै क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्थरलाई इटालियन च्याम्पियन युभेन्टसले ७२ मिलियन युरो तिरेर खरिद गरेको थियो । बार्सिलोनाको आधिकारिक वेबसाइटमा जनाएअनुसार आर्थर सिजनको अन्त्यपछि युभेन्टस जानेछन् । दुवै क्लब र खेलाडीबीच सम्झौता समेत भइसकेको छ । २३ वर्षीय आर्थरले आइतबार युभेन्टस पुगेर विस्तृत स्वास्थ्य परिक्षण गरेपछि बार्सिलोनाले ट्रान्सफरलाई आधिकारिकता दिएको हो ।

सन् २०१८ मा बार्सिलोना आएका आर्थरले क्लबका लागि कुल ७२ खेल खेले । ब्राजिलियन क्लब ग्रेमिओबाट आएका उनले लिगमा ४७, कोपा डेल रेमा १०, च्याम्पियन्स लिगमा १३ तथा स्पेनिस सुपर कपमा एक खेल खेलेका हुन् । उनले यसक्रममा चार गोले गरे ।
आर्थरले स्पेनिस क्लबमा दुई सिजन बिताउँदा दुई उपाधि जित्न सफल रहेका छन् । सन् २०१८-१९ सिजनमा बार्सिलोनाले स्पेनिस लिग र स्पेनिस सुपर कप जितेको थियो । यसपटक भने बार्सिलोना अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
लिगको अन्त्य नजीकिंदै गर्दा बार्सिलोनाले रियलसँग २ अंक पछाडी रहेको अवस्थालाई नसुधारे उपाधिविहिन हुने सम्भावना रहेको छ । च्याम्पियन्स लिगमा बार्सिलोनाले नेपोलीसँग राउन्ड अफ १६ को पहिलो लेगमा १-१ को बराबरी खेलेको थियो । दोस्रो लेग अगस्टमा हुँदैछ ।
यो पनि पढ्नुहोस : आर्थर-प्यानिच साटफेरको फाइदा र बेफाइदा
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]