default_image

5 years ago

July 1, 2020

एटलेटिकोसँग बराबरी खेलेपछि बार्सिलोना दोस्रो स्थानमै

279 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिएपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा नै अड्केको छ । नोउ क्याम्पमा दुई पटक अग्रता लिएपनि २-२ को बराबरी खेलेपछि बार्सिलोनाले रियललाई उछिन्ने अवसर गुमायो ।

खेलको ११ औं मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । कप्तान लिओनेल मेस्सीको कर्नर प्रहारमा डिएगो कोस्टाले आफ्नै पोस्टमा गोल गरेपछि घरेलु टोली अगाडी बढेको थियो । त्यसअघि मेस्सीकै फ्रिकिकलाई कोस्टाले पोस्टको नजिकबाट क्लियर गरेपछि कर्नर प्राप्त भएको थियो ।

खेलको १९ औं मिनेटमा एटलेटिकोले बराबरी गोल फर्कायो । सौल निगुएजले दोस्रो पेनाल्टी प्रहारमा एटलेटिकोका लागि गोल गरेका थिए । आर्टुरो भिडालले यानिक करास्कोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर डिएगो कोस्टाको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पारे ।

रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयता लिँदै पछिल्लो पेनाल्टीलाई मान्यता दिएनन् । गोलरक्षक स्टेगन कोस्टाले पेनाल्टी हान्नुअघि नै गोललाइनबाट अगाडी बढेको कारण एटलेटिकोले पुन: पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । दोस्रो अवसरमा भने साउल निगुएजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

४२ औं मिनेटमा मेस्सीले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिकलाई गोलरक्षक यान ओब्लाकले उत्कृष्ट बचाउ गरे । इन्ज्युरी समयमा डिएगो कोस्टाको प्रयासलाई जोर्डी अल्बाले विफल पार्दै खेल बराबरीमा राखे ।

दोस्रो हाफको सुरुवातमै बार्सिलोनाले पेनाल्टीको अवसर प्राप्त गर्यो । एटलेटिकोका फेलिपेले नेल्सन सेमेडोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले पनेंका चिप प्रहार गर्दै यान ओब्लाकलाई विपरित दिशामा पठाएपछि खेलमा बार्सिलोनाले अग्रता लियो । यो मेस्सीको करिअरको ७ सयौं गोल पनि थियो ।

खेलको ५५ औं मिनेटमा एटलेटिकोले खेल बराबरीमा ल्याउने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । आरियासको क्रसमा डिएगो कोस्टाको हेडर पोस्टभन्दा थोरैले बाहिर गएको थियो ।

६२ औं मिनेटमा रेफ्रीले एटलेटिकोलाई अर्को पेनाल्टी दिए । नेल्सन सेमेडोले पेनाल्टी क्षेत्रभित्र यानिक करास्कोलाई लडाएपछि रेफ्रीले निर्णय दिएका थिए । अघिल्लो पटक गोल गरेका साउलले नै दोस्रो पेनाल्टी पनि लिए । यसपटक उनको प्रहारको दिशा टेर स्टेगनले ठम्याउन सकेपनि बल उनलाई लाग्दै गोलमा परिणत भएको थियो ।

इन्ज्युरी समयमा एटलेटिकोका लेमारले सुवर्ण अवसर खेल फालेपछि बार्सिलोना हारबाट जोगियो । काउन्टर अट्याकमा उनले गोलरक्षक बिट भएको अवस्थामा बलमा नियन्त्रण गर्न नसक्दा खेल बराबरीमा नै सकिएको थियो ।

बार्सिलोनाको ३३ खेलमा ७० अंक भएको छ । एटलेटिको भने ३२ खेलमा ५९ अंकसाथ तेस्रो स्थानमा नै यथावत छ । यस नतिजाले रियलले अंक तालिकामा १ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलले बिहीबार गेटाफेसंग खेल्नेछ ।

यो पनि पढ्नुहोस :

युभेन्टसको जितमा रोनाल्डो र डिबालाको गोल

मेस्सीको ७ सय गोल पूरा

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.