5 years ago
July 1, 2020
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शीर्षस्थानको युभेन्टसले मंगलबार रातिको खेलमा जेनोआलाई ३-१ को अन्तरले पराजित गरेको छ । खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

पहिलो हाफमा बल पोसेसन र आक्रमणमा एकतर्फी दबाब कायम गरेपनि युभेन्टसले गोल गर्न भने सकेन । दोस्रो हाफमा भने थप आक्रामक देखिएको युभेन्टसले पाउलो डिबालाको गोलमा अग्रता लियो । ५० औं मिनेटमा जुआन क्वाडराडोको पासलाई पेनाल्टी क्षेत्रभित्र लाग्दै डिबालाले राम्रो फिनीस गरेका थिए ।
अग्रता लिएको ६ मिनेटपछि नै युभेन्टसले अग्रता दोब्बर पार्यो । क्रिस्टियानो रोनाल्डोले लिग सिजनको २४ औं गोल गर्दै खेलमा बलियो पकड बनाए । मिरालेम प्यानिचको पासलाई जेनोआको हाफको आधा भाग बल अगाडी बढाएपछि झन्डै २५ यार्ड टाढाबाट रोनाल्डोले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ७३ औं मिनेटमा डग्लस कोस्टाले अर्को उत्कृष्ट गोल गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । त्यसको दुई मिनेटमा नै जेनोआले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । आन्द्रीए पिनामोन्टीले एन्टोनियो बार्रेकाको पासमा गोल गरेका थिए ।
त्यसअघि लाजियोले टोरिनोको मैदानमा २-१ को जित दर्ता गर्दै युभेन्टसमाथि दबाब राखेको थियो । लाजियोले पहिलो हाफमा पछाडी परेपनि दोस्रो हाफमा २ गोल फर्काउँदै उपाधि होड रोमान्चक बनाएको हो । आन्द्रीए बेलोट्टीले पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको तेस्रो मिनेटमा नै चिरो इम्मोबिलेले उच्च लयलाई कायम राख्दै खेल बराबरीमा ल्याए । उनले लुइस अल्बर्टोको पासलाई गोलमा परिणत गरेका थिए । ७२ औं मिनेटमा इम्मोबिलेकै पासमा मार्को पारोलोले गोल गर्दै लाजियोको जित पक्का गरेका थिए ।
यस जितसँगै युभेन्ट्सले लिगको शीर्षस्थानमा ४ अंकको अग्रता कायम राख्न सफल भयो । युभेन्टसको २९ खेलमा ७२ अंक छ । दोस्रो स्थानको लाजियोको २९ खेलमा ६८ अंक रहेको छ ।
यो पनि पढ्नुहोस :
एटलेटिकोसँग बराबरी खेलेपछि बार्सिलोना दोस्रो स्थानमै
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]