5 years ago
July 4, 2020
एजेन्सी – इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डरद्वय पल पोग्बा र ब्रुनो फर्नन्डेस प्रशिक्षणका क्रममा एक अर्कासँग जुध्न पुग्दा दुवै घाइते भएका छन् ।

इंग्लिस संचारमाध्यम मिररका अनुसार प्रशिक्षक ओले गनर सोल्साएरले दिएको अभ्यास गर्ने क्रममा पोग्बा ब्रुनोसँग जुध्न पुगेका थिए । दुवैले एक अर्कालाई नदेखेको अवस्थामा पोग्बा ब्रुनोसँग ठोक्किएका थिए । दुईमध्य ब्रुनोलाई बढी चोट लागेपछि उनी प्रशिक्षण छाडेर उपचारका लागि गएका थिए । पोग्बा पनि सामान्य घाइते भएका छन् ।
दुवै खेलाडीले बर्नमाउथविरुद्धको खेल गुमाउने सम्भावना बलियो रहेको छ । शनिबार हुने खेलको तयारीका लागि शुक्रबार प्रशिक्षणमा दुई मुख्य खेलाडी घाइते भएपछि युनाइटेडलाई समस्या परेको छ । कोरोनापछि सुचारु भएको लिगमा पोग्बा र ब्रुनोको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
युनाइटेडले आधिकारिक रुपमा यसको पुष्टि भने गरेको छैन । तर शनिबार हुने खेलका लागि भने दुवै खेलाडी उपस्थित नहुने प्रबल सम्भावना छ । युनाइटेडले बर्नमाउथलाई पराजित गरेमा अंक तालिकामा चेल्सीभन्दा माथि उक्लनेछ । युनाइटेडले एफए कप र युरोपा लिगमा पनि खेलिरहेको छ ।
यो पनि पढ्नुहोस : ब्रुनोको आगमनले बदलिएको म्यानचेस्टर युनाइटेड
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]