5 years ago
July 4, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’को साविक विजेता युभेन्टसले लिगअन्तर्गत शनिबारको खेलमा सहरी प्रतिद्वन्द्वी टोरिनोमाथि ४-१ को सहज जित दर्ता गरेको छ । युभेन्टसको जितमा पाउलो डिबाला, जुआन क्वाडराडो र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । जुआन क्वाडराडोको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै डिबालाले बक्सभित्र २ डिफेन्डरलाई छलाउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो । डिबालाको यो पछिल्लो ५ खेलमा पाँचौ गोल हो ।
१८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहारलाई टोरिनोका गोलरक्षक साल्भाटोरे सिरिगुले उत्कृष्ट बचाउ गरे । उक्त रिबाउन्डमै रोनाल्डो दिएको पासमा बर्नार्डेस्कीको बाइसाइकल किकको प्रहार पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।
२९ औं मिनेटमा क्वाडराडोले युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई क्वाडराडोले अगाडी बढाउँदै दोस्रो पोस्टमा गरेको प्रहारलाई सिरिगुले बचाउन सकेनन् ।

इन्ज्युरी समयमा म्याथिस डी लिग्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि टोरिनोले खेलमा फर्कने अवसर पाएको थियो । टोरिनोका कप्तान आन्द्रीए बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
दोस्रो हाफको ५१ औं मिनेटमा टोरिनोले खेल बराबरी गर्ने सुवर्ण अवसर प्राप्त गर्यो । एलेक्स बेरेन्गेरको प्रहारलाई गोलरक्षक जियानलुइजी बुफोनले विफल पारेपनि रिबाउन्डमा बेलोट्टीको प्रहार गोल भएको थियो । तर रेफ्रीले प्रहार आउनुअघि नै बेलोट्टी अफसाइड रहेको निर्णय दिए ।
खेलको ६१ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै युभेन्टसलाई पुन: २ गोलको अग्रता दिलाए । ड्यानिलोको पेनाल्टी क्षेत्रबाहिरको प्रहार ओला ऐनाको हातमा लागेपछि रेफ्रीले फ्रिकिक दिएका थिए । झन्डै २५ यार्ड टाढाबाट रोनाल्डोले फ्रिकिकलाई वालको माथिबाट टप कर्नरमा छिराउँदा गोलरक्षक सिरिगुले बचाउने कुनै अवसर पाएनन् ।

८७ औं मिनेटमा डग्लस कोस्टाको क्रसमा कोफी जिजीले आत्मघाती गोल गरे । कोस्टाले दिएको लो क्रसलाई क्लियर गर्ने जिजिको प्रयास गोलमा परिणत भएको थियो । त्यसको एक मिनेट नबित्दै कोस्टाको प्रहारलाई गोलरक्षक सिरिगुले विफल पारे ।
यस जितसँगै युभेन्टसले अंक तालिकाको शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । युभेन्टसको ३० खेलमा ७५ अंक जोडेको छ । दोस्रो स्थानको लाजियोले २९ खेलमा ६८ अंक बनाएको छ । आज राति १:३० बजे हुने खेलमा लाजियोले मिलानको अतिथ्यता गर्दैछ ।
यो पनि पढ्नुहोस : युभेन्टसमा रोनाल्डोको पहिलो फ्रिकिक गोल
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]