default_image

7 years ago

August 18, 2016

थ्रिस्टार मंगोलियामा अभ्यास गर्दै

नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लब ए.एफ.सी कपको प्लेअफ छनोट खेलका लागी यतिबेला मंगोलियामा रहेको छ । टोलीले बिहीबारबाट अभ्यास थालेको छ । बुधबारबाटै अभ्यास थाल्ने भनेपनि बिहीबारबाट मात्र अभ्यास सुरु भएको टिम म्यानेजर कृष्ण अवालेले जानकारी दिए र्। हामी बुधबार मात्र उलानबटार आइपुग्यौ , उनले भने , बुधबार सबै खेलाडी निरन्तर विमानको यात्राका […]

17 views

0 Bookmark

नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लब ए.एफ.सी कपको प्लेअफ छनोट खेलका लागी यतिबेला मंगोलियामा रहेको छ ।

received_10209181690331007

टोलीले बिहीबारबाट अभ्यास थालेको छ । बुधबारबाटै अभ्यास थाल्ने भनेपनि बिहीबारबाट मात्र अभ्यास सुरु भएको टिम म्यानेजर कृष्ण अवालेले जानकारी दिए र्। हामी बुधबार मात्र उलानबटार आइपुग्यौ , उनले भने , बुधबार सबै खेलाडी निरन्तर विमानको यात्राका कारण थाकेकाले बिहीबारबाट मात्र अभ्यास सुरु ग¥यौँ ।
लगातारको यात्राका कारण थकाइले गर्दा बुधबार दिउँसो टोलीले अभ्यास नभएपनि बिहीबारबाट अभ्यास सुरु भएको टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले जानकारी दिए । मंगोलियाको स्थानिय समय अनुसार बिहीबार विहान साढे १० बजेबाट दिउँसो १ बजेसम्म अभ्यास भएको छ ।
थ्रिस्टारको टोलीले मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा अम्यास गरेको छ र्। हामीले ग्राउण्ड फिलिङका लागी हल्का अभ्यास गराएका हौँ , प्रशिक्षक रबीन्द्र सिलाकारले भने र्, नेपालको भन्दा मौसम फरक खाले भएकाले दौडीदै जाँदा छाती गरुङ्गो जस्तो , स्वासमा समस्या आए जस्तो हुँदो रहेछ । उनका अनुसार चर्को घाम लागेको जस्तो देखीएपनि चिसो हावा लागीरहेको छ ।
टोली बुधबार दिउँसो मात्र मंगोलिया आइपुगेको हो । मंगलबार राती त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हिडेको टोली बुधबार मंगोलियन समय अनुसार साढे १२ बजे मंगोलियाको राजधानी उलानबटार पुगेको हो । कोरियन एयरको विमानबाट सुरुमा दक्षिण कोरियाको इन्चोन हुँदै त्यही एयरको अर्को विमानबाट उलानबटार टोली पुगेको हो ।
आउने ५ भदौबाट राजधानी उलनबटारमा हुने ए.एफ.सी कपको प्लेअफ छनोटमा खेल्नका लागी थ्रिस्टारको टोलीमा १९ जना खेलाडी , १ जना टिम म्यानेजर , २ जना प्रशिक्षक , १ फिजियो र ७ जना अफिसीयल सहितको ३१ सदस्यीय टोली छ ।
ललितपुरको रैथाने क्लब थ्रिस्टारले यो प्रतियोगिताको प्रारंभिक छनौटमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्बल र कम्बोडियाको नागावोल्र्ड फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
एर्चिम थ्रिस्टारका लागी नौलो प्रतिद्धन्द्धि होइन् , यी दुई टिमको प्रेसिडेन्ट कप फुटबलमा भेट भइसकेको छ । नागाबल्र्ड भने नौलो प्रतिद्धन्द्धि हो । एर्चिम मंगोलियन राष्ट्रिय लिग च्याम्पियन हो । यस्तै कम्बोडियन नागावल्र्डले त्यहाँको लिग च्याम्पियन क्लब म्याच फिक्सिङमा परेपछि दोस्रो स्थानमा रहेको क्लबले मौका पाएको हो ।
नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने यस रुस्लान थ्री स्टार क्लब नै पहिलो टोलि हो । छनौट प्रतियोगितामा थ्री स्टार क्लब समूह ‘बि’मा परेको छ। थ्री स्टारले ५ भदौमा आयोजक एर्चिमको सामना गर्नेछ । यसैैगरी एक दिनको विश्रामपछि ७ भदौमा भने थ्रिस्टारले नागावोर्ल्डसँग खेल्नेछ । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ ।
गएको साल भुकम्प र नाकाबन्दिका कारण राष्ट्रिय लिग भएको थिएन । थ्री स्टार २०७१ सालको राष्ट्रिय लिगको विजेताको हैसियतमा मंगोलिया जान लागेको हो । एशियाली फुटबल महासंघ एएफसीले प्रेसिडेन्ट कप हटाएपछि नेपाली क्लबका लागी अर्को मौका एएफसी कप हुन पुगेको छ । विगतमा ए.एफ.सी प्रेसिडेन्ट्स कपको अन्तिम चरणमा दुई पटक प्रवेश गरिसकेको थ्री स्टार क्लब नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने पहिलो टोली हो ।
कम तयारी राम्रो नतिजा
ढिलो तयारी थालेपनि खेलाडीहरुले राम्रो मेहेनत गरिरहेको प्रम’ख प्रशिक्षक मेघराज केसीले स्पष्ट पारे र्। १ महिना अघिदेखी तयारी गरिरहेको क्लबका लागी ए.एफ.सी कप जस्तो प्रतियोगितालाई भने आवश्यक तयारी नपुगेको उनको तर्क छ । यद्यपी जुन स्टान्डर्डको टुर्नामेन्ट हो एएफसी कप त्यस अनुसारको हाम्रो तयारी चाही पुगेको छैन , प्रशिक्षक केसीले राजधानीसँग भने , तैपनी १ महिनामा खेलाडीहरुको मेहेनत राम्रो छ , नतिजा सकारात्मक हुन सक्छ । २ वर्षदेखी नेपालमा फुटबलको माहोल नै नरहेको स्पष्ट पार्दै उनले एएफसी कप फुटबललले उत्साह थपेको बताए । उनले एर्चिम र नागावल्र्डमा पनि फ’टबलको खासै धेरै माहोल नभएकाले नेपालका लागी त्यत्ति गा¥हो नहुने बताए । कप्तान निराजन खड्का पनि दुबै खेल जितेर थ्रिस्टार अगाडी बढ्नेमा उत्साही छन् र्। हामी जित्न सक्छौ , एर्चिम र नागाबल्र्ड त्यत्ति बलिया छैनन् , उनले भने हामीले उनीहरुलाई हराउन सक्छौँ ।
खेलाडीहरु
एएफसी कप छनौट खेल्ने थ्रिस्टारका खेलाडीहरूमा ,एलेन न्यौपाने, बिनय श्रेष्ठ र अविशेक बराल गोलरक्षक छन् । यसैगरी रञ्जित धिमाल, देवेन्द्र तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल, विष्णु सुनार डिफेन्डर छन् । त्यसैगरी बिक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ, विष्णु गुरुङ मिडफिल्डर छन् । फरवार्डमा बुद्ध राज लिम्बु (चेम्जोङ), असिम जंग कार्की, रोशन मल र मार्टिन्स कायोडे अजायी रहेका छन् ।

यससँगै फोटोहरु पनि छ । तस्वीर ः एनएसजेएफ

December 2, 2023

झापा लिग – मेचीनगर समूह विजेता

हिमाल खरेल, भद्रपुर झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा कचनकवल गाउँपालकिालाई हराउँदै मेचीनगर स्पष्ट ९ अंकका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै […]

December 2, 2023

अन्तिम समयमा गोल गर्दै झापाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा गोल गर्दै झापा एफसीले नेपाल सुपर लिगमा पहिलो अंक हासिल गरेको छ। १-० ले पछि परेको अवस्थामा खेलको अन्तिम क्षणमा गोल गर्दै झापाले १० खेलाडीमा सीमित पोखरा थन्डर्स विरुद्ध एक अंक हासिल गर्न सफल भएको हो। समन्दार ओचिलोभले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए। यसअघि पोखराका लागि मोसेस […]

December 2, 2023

झापाविरुद्ध पोखराको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) शनिबारको पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसी विरुद्ध मध्यान्तरसम्म अग्रता बनाएको छ। पोखराले मोसेस ग्याबाको गोलको मद्दतले १-० को अग्रता बनाएको हो। खेलमा झापाको नै वर्चस्व रहेको छ। धेरै मौकाहरु बनाएपनि झापाले मौकाको सदुपयोग भने गर्न सकेको छैन। पोखराले भने खेलमा धेरै मौकाहरु सृजना गर्न नसकेपनि खेलमा […]

Success

Thank you for your time.