5 years ago
July 5, 2020
एजेन्सी – स्पेनिस ला लिगाको ३४औं चरणमा आज (आइतबार) शीर्षस्थानको रियल म्याड्रिड र दोस्रो स्थानको बार्सिलोना भिन्न समयमा मैदान उत्रनेछन् ।

रियल म्याड्रिडले एथ्लेटिको क्लब बिल्बाओको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ । रियलको लागि ला लिगाको बाँकी रहेको पाँच खेल मध्ये यो खेल नै निकै महत्वपुर्ण खेलको रुपमा हेरिएको छ ।
रियलले यो खेलमा जित हात पार्न सके ला लिगाको उपाधि यात्रालाई थप मजबुत पार्नेछ । त्यसैले रियल निशिचत जितको लक्ष्य लिएर घरेलु टोलीविरुद्ध मैदानमा उत्रदैछ । कोरोनापछि चोटबाट पूनरागमन गरेको बेल्जियन फरवार्ड इडेन हाजार्ड बिल्वाओविरुद्धको खेलमा उत्रने छैन । उनी अघिल्लो खेलमा पनि चोटका कारण अनुपस्थित रहेका थिए ।
बिल्वाओलाई पराजित गर्न सके रियलले शीर्षस्थानमा बार्सिलोनाको खेलअघि ७ अंकको अग्रता बनाउनेछ । हारले ४ तथा बराबरीले ५ अंकको अग्रता बनाउनेछ । कोरोनापछिको सबै ६ खेलमा शतप्रतिशत जित निकालेको रियल सोही जितलाई निरन्तरता दिने दाँउमा हुनेछ ।

कप्तान सर्जियो रामोस र क्यासमिरोले रियलको पछिल्ला जितमा निर्णायक र उच्च प्रदर्शन गरिरहेका छन् । करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो, मार्काे एसेन्सियो, टोनी क्रुस, लुका मोड्रिच, फेडरिको भाल्भेर्डे र मार्सेलोको प्रदर्शन पनि तारिफ योग्य नै रहेको छ । सेन्टर ब्याक राफयल भरानले खेल्नेमा शंका रहेको छ ।
यता, घरेले टोली बिल्वाओ पनि रियललाई स्तब्ध पार्ने रणनीतिमा मैदानमा उत्रनेछ । पछिल्लो पाँच खेलमा ३ जित र समान १ बराबरी र हारको नतिजा निकालेको बिल्वाओ रियललाई पराजित गर्दै अंक तालिकालाई सुधार गर्न चहान्छ । आठौं स्थानमा रहेको बिल्वाओको ४८ अंक छ । बिल्वाओका राहुल गार्सिया, इनिगो कोर्डाेवा, इनाकी विलियम्स र गोलरक्षक युनाइ सिमोन रियलका लागि बाधक बन्न सक्नेछ । ३३ खेलबाट रियलको ७४ अंक छ ।
अन्य खेल
स्पान्योलविरुद्ध लेगानेस (राति ८ः४५ बजे)
ओसासुनाविरुद्ध गेटाफे (राति ११ः१५ बज)
भिल्लारियलविरुद्ध बार्सिलोना (बिहान १ः४५ बजे)
यो पनि पढ्नुहोस : बार्सिलोना र भिल्लारियल खेल्दै
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]