default_image

5 years ago

July 7, 2020

माटिचले युनाइटेडमा सम्झौता थपे

119 views

0 Bookmark

एजेन्सी – सर्वियन मिडफिल्डर नेमान्जा माटिचले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा थप तीन वर्ष बस्ने निर्णय गरेका छन् ।  माटिचले सोमबार क्लबसँग दुई वर्षको सम्झौता बाँकी रहँदै थप एक वर्षको सम्झौतामा नवीकरण गरेका हुन् ।

यससँगै ३१ वर्षे मिडफिल्डर २०२३ सम्म ओल्ड ट्राफोर्डमा रहनेछन् । ‘एक महान क्लबसँगको सहकार्य जारी राख्न पाउँदा धेरै खुशी छु । मैले क्लबका लागि अझै योगदान दिदै उपलब्धि हासिल गर्नुछ ।’ सम्झौतापछि क्लबको वेबसाइटमा माटिचले लेखेका छन् ।

माटिच २०१७ मा इंग्लिस क्लब चेल्सीबाट युनाइटेड आएका थिए । प्रशिक्षक जोसे मौरिन्हो युनाइटेडको प्रशिक्षक बनेसँगै माटिच पनि युनाइटेड आएका थिए । माटिचले युनाइटेडका लागि तीन सिजनमा १ सय १४ खेलमा ४ गोल गरेका छन् । माटिचले सर्बियाका लागि ४८ खेल खेल्दै दुई गोल गरेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.