5 years ago
July 7, 2020
एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिले रियल म्याड्रिडलाई फाइदा पुग्ने तरिकाले निर्णय दिइरहेको आरोप लगाएका छन् ।

बार्सिलोना र रियल म्याड्रिड अहिले स्पेनिस लिगको उपाधि होडमा छन् । बार्सिलोनाले शनिबारको खेलमा भिल्लारियललाई ४-१ ले पराजित गर्दै रियलसँग अंकको दुरी ४ अंकमा झारेको छ । त्यसअघि रियलले एथ्लेटिक बिल्बाओमाथि १-० को जित निकाल्दै ७ अंकको अग्रता बनाएको थियो ।
अध्यक्ष बार्टोमेउले रियलले एथ्लेटिकको मैदान सान मामेसमा रियलले खेल जित्दा भएको निर्णायक गोलको विषयमा बोल्दै असन्तुष्टि जाहेर गरेका हुन् । रियलले खेलको ७६ औं मिनेटमा सर्जियो रामोसको पेनाल्टी गोलमार्फत जित हासिल गरेको थियो ।
रेफ्रीले भीएआरको सहायता लिँदै उक्त पेनाल्टी दिएका थिए । तर त्यसै खेलको अन्तिम समयतिर अघिल्लो पेनाल्टीजस्तै अवस्थामा भने बिल्बाओले पेनाल्टी पाएको थिएन । यसै विषयलाई लिएर बिल्बाओले असहमति त जनायो नै, बार्सिलोनाका अध्यक्षले पनि सार्वजनिक रुपमा नै असन्तुष्टि पोखेका छन् ।
‘मैले सान मामेसमा रियलको खेल पनि हेरें । उक्त खेलपछि मलाई दुख लागेको छ । हामी विश्वकै उत्कृष्ट लिग खेलिरहेका छौं भन्छौं तर कोरोनापछी लिग सुचारु हुँदा भीएआरले सबैला न्याय पुग्ने निर्णय दिइरहेको छैन,’ अध्यक्ष बार्टोमेउले भने, ‘यसले नतिजा नै परिवर्तन गरिरहेको छ र केहि सिमित टोलीलाई मात्र फाइदा पुगेको छ ।’

कोरोनाबाट लिग प्रभावित हुनुअघि बार्सिलोना लिग तालिकामा २ अंकले अगाडी थियो । तर पछिल्ला खेलमा अपेक्षित नतिजा हासिल गर्न नसक्दा रियलले ४ अंकको अग्रता लिइसकेको छ । लिगमा मात्र ४ खेल बाँकी रहेको अवस्थामा रियलले अब उपाधि गुमाउने सम्भावना निकै कम छ ।
कोरोनापछि भएका ७ खेलमध्य रियलले सबै खेलमा जित हासिल गरेको छ । त्यसैले पनि टोली अहिले शीर्षस्थानमा सुदृढ रहेको छ । यता बार्सिलोना भने सेभिल्ला, सेल्टा भिगो र एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिँदै अंक गुमाउन बाध्य भयो । रियलले यसक्रममा जम्मा २ गोल मात्र खाएको छ ।
रियलले अब लिगमा अलभेस र भिल्लारियलसँग घरेलु मैदानमा खेल्न बाँकी छ । टोलीले ग्रानडा र लेगानेसको मैदानमा पनि खेल्नेछ । यता बार्सिलोनाले घरेलु मैदानमा एस्पान्योल र ओसासुनासँग खेल्दा अलाभेस र रियल भालाडोलिडको मैदानमा पनि खेल बाँकी छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]