5 years ago
July 7, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीले जर्मनी तथा जर्मन बुन्डेसलिगा क्लब बायर लिभरकुसनका युवा स्टार मिडफिल्डर काई हाभर्टज अनुबन्धको लागि समर ट्रान्सफरमा ६ खेलाडीलाई बेच्ने सुचीमा राखेको छ ।

लन्डन क्लब चेल्सीले ९० मिलियन पाउन्ड मुल्य तोकिएको प्रतिभावान् हाभर्टज अनुबन्ध गर्नको लागि गम्भीरतापुर्वक लागि परेको छ । ‘दि डेली एक्सप्रेसका अनुसार चेल्सीले यो समरमा बेच्ने सुचीमा मार्काेस अलन्सो, मिचे बात्सुयाई, ड्यानी ड्रिङ्कवाटर, टिमोउ बाकायोको, केनेडी र इमर्सन पाल्मिइरी छन् । अलन्सोबाहेक सबै खेलाडीले लोनमा खेलिरहेका छन् । अलोन्सो र इमर्सनले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने लगभग तय भइसकेको थियो ।
२६ वर्षीया बेल्जियन बात्सुयाई २०१६ मा चेल्सीमा आएपनि २०१८ देखि लोनमा बोरुसिया डर्टमुन्ड, भ्यालेन्सिया र हाल क्रिस्टल प्यालेसबाट खेलिरहेका छन् । यस्तै ३० वर्षीय इंग्लिस मिडफिल्डर ड्रिङ्कवाटर २०१७ मा चेल्सी आएयता, प्रिमियर लिग क्लब बर्नली र एस्टन भिल्लाबाट लोनमा खेलिरहेका छन् ।

यस्तै २५ वर्षीय डिफेन्सिभ मिडफिल्डर टिमोउ बाकायो २०१७ मा चेल्सी आएपनि फ्रेन्च क्लब मोनाकोबाट लोनमा खेलिरहेका छन् । २४ वर्षीय ब्राजिली विंगर केनिडीले २०१५मा चेल्सी आएयता चार सिजन लोनमा बिताइसकेका छन् । उनी हाल स्पेनिस ला लिगा क्लब गेटाफेबाट लोनमा खेलिरहेका छन् ।
२१ वर्षीय जर्मन खेलाडी काई हाभर्टजले यो सिजन लिभरकुसनका लागि ४३ खेल खेल्दै ९ गोल गर्नुका साथै १७ असिस्ट दिएका छन् । मिडफिल्डरको रुपमा रहेको उनले आफ्नो पोजिसन बदलेर पनि खेल्न सक्ने क्षमता राख्दछन् ।
चेल्सीले यो सिजनको समर ट्रान्सफर शुरु हुनुअघि नै दुई स्टार खेलाडी जर्मन फरवार्ड टिमो वेर्नरलाई जर्मन क्लब आरबी लाइप्जिगबाट ५३ मिलियन पाउन्डमा तथा र मोरोक्कोका अट्याकिङ मिडफिल्डर हाकिम जियाचलाई डच क्लब आयाक्सबाट ४४ मिलियन युरोमा अनुबन्ध गरिसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]