default_image

5 years ago

July 7, 2020

मेस्सीले बार्सिलोनामै करिअर टुंग्याउने दावी

159 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले सम्झौता नवीकरण गर्दै बार्साबाट नै करिअर टुंग्याउने क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताएका छन् ।

अर्जेन्टिनी फरवार्डका पिताले क्लबसँग सम्झौता नवीकरणबारे छलफल रोकेपनि अध्यक्ष बार्टोमेउ भने पुन: छलफलपछि मेस्सीले नयाँ सम्झौता गर्नेमा ढुक्क छन् । बार्सिलोनाले पछिल्लो समय मैदानभित्र खराब नतिजाका कारण लिग उपाधि गुमाउने देखिएको छ । अध्यक्ष बार्टोमेउ मैदानभित्र असफल भएपनि मेस्सीलाई गुमाएर मैदानबाहिर पनि त्यसलाई निरन्तरता दिन चाहदैनन् ।

गत साता मात्र मेस्सीले सन् २०२१ सम्म रहेको आफ्नो सम्झौतालाई नवीकरण नगर्ने निर्णय लिएको खबर बाहिरिएको थियो । मेस्सीलाई यसअघि जुन १० तारिखसम्म क्लब छाड्न छुट भएपनि उनले बस्ने निर्णय गरेका थिए । तर त्यसपछि भने मेस्सीको क्लबसँग असमझदारी बढेपछि छलफल रोकिएको थियो । मेस्सी आफैंले पितालाई कुरा नबढाउन आग्रह गरेका थिए ।

बार्टोमेउले मोभिस्टारसँग बोल्दै मेस्सी रहनेमा आफू ढुक्क रहेको बताए । ‘म अहिले नै विस्तृतमा भन्न सक्दिन तर मेस्सीले आफ्नो करिअर बार्सिलोनामै सक्नेमा म ढुक्क छु । अहिले हाम्रो प्राथमिकता सिजन कसरी अन्त्य गर्ने भन्नेमा छ, त्यसैले म यसबारे बोल्न सक्दिन,’ अध्यक्षले भने ।

‘हामी क्लबका धेरै खेलाडीसँग नवीकरणबारे छलफल गरिरहेका छौं । मेस्सीले आफैं क्लबमा रहने भन्ने प्रष्ट गरेका छन् । अहिले सिजन चलिरहेका कारण उनले छलफल रोकेको भन्ने बुझेका छौं । उनले लामो समय बार्सिलोनाकै जर्सीमा खेल्नेछन्,’ बार्टोमेउले थपे ।

३४ वर्षीय मेस्सीको सम्झौता सन् २०२१ जुनसम्म रहेको छ । हाल उनको रिलिज क्लब ७ सय मिलियन युरो छ । हालको अवस्थामा मेस्सीले चाहेपनि क्लब छाड्ने अवस्था छैन । क्लबले पनि मेस्सीसँग सिजन सकिएपछि खुलेर छलफल गर्ने बताउँदै आएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.